Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आयातित वस्तुमा नेपाल गुणस्तर अनिवार्य गरिने

आयातित वस्तुमा नेपाल गुणस्तर अनिवार्य गरिने
अ+ अ-

काठमाडौँ- विदेशबाट आयात हुने वस्तुमा नेपाल गुणस्तर अनिवार्य गर्ने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड जग्गाको भाडा शुल्क घटाउने विषयमा छलफल भएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबिच आइतबार अर्थ मन्त्रालयमा भएको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी बैठकमा आयातित वस्तुमा गुणस्तर अनिवार्य गर्ने विषयमा छलफल भएको हो ।

पहिलो चरणमा केही निश्चित वस्तुमा मात्र गुणस्तर प्रमाणीकरण लागु गर्ने र क्रमशः सबै आयातित वस्तुमा अनिवार्य रूपमा नेपाल गुणस्तर लागु गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । यस निर्णयबाट बजारमा गुणस्तरीय वस्तुको पहुँच बढ्ने, उपभोक्ता संरक्षणमा टेवा पुग्ने र स्वदेशी उद्योगलाई पनि प्रोत्साहन मिल्ने विश्वास लिइएको छ ।

यस्तै विशेष आर्थिक क्षेत्र प्राधिकरण र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमार्फत लिजमा दिइने जग्गाको लिज भाडा प्रतिवर्गमिटर ५० रुपियाँबाट घटाएर २० रुपियाँमा झार्ने विषय कार्यान्वयन गर्ने निर्णय गरिएको छ । उद्योग प्रवर्धन तथा लगानी आकर्षण गर्ने उद्देश्यले गरिएको यो निर्णयले उद्योगी–व्यवसायीलाई सहज वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।

बैठकमा चालु आवका लागि विनियोजित बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक रणनीति, समन्वय र प्राथमिकताको विषयमा विस्तृत छलफल भएको छ । आगामी दिनमा सहकार्य गर्दै औद्योगिक विकास, रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढीकरणका लागि आवश्यक नीतिगत तथा कार्यगत सुधारलाई प्राथमिकता दिने दुवै मन्त्रालयले प्रतिबद्धता जनाएका छन् ।

2