Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

नेपालमा चिज उत्पादन गर्ने फ्रान्स्वाँ ड्रियार फ्रान्सको कृषि सम्मानबाट सम्मानित

नेपालमा चिज उत्पादन गर्ने फ्रान्स्वाँ ड्रियार फ्रान्सको कृषि सम्मानबाट सम्मानित
A A+ A-

काठमाडौं: नेपालमा परम्परागत चिज उत्पादनको प्रवर्द्धनमा योगदान पुर्‍याएका हिमालयन फ्रेन्च चिजका संस्थापक फ्रान्स्वाँ ड्रियारलाई फ्रान्स सरकारले प्रतिष्ठित ‘अर्डर अफ एग्रिकल्चरल मेरिट’ सम्मान प्रदान गरेको छ। मंगलबार आयोजित एक विशेष समारोहमा नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाँ पुइग-इन्जाले उनलाई उक्त सम्मान हस्तान्तरण गरिन्।

राजदूत पुइग-इन्जाले ड्रियारको प्रतिबद्धता र नेपालको दुग्ध तथा चिज क्षेत्रमा उनले पुर्‍याएको योगदानको प्रशंसा गरिन्। उनले भनिन्, ‘यस सम्मानमार्फत फ्रान्सले फ्रान्स्वाँ ड्रियारको प्रतिबद्धता तथा नेपालको दुग्ध र चिज उत्पादन क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्न चाहेको छ। उनको यात्राले हाम्रा दुई देशबीचको आदानप्रदानको वास्तविक मूल्य झल्काउँछ। यो उपलब्धि सम्भव बनाउने नेपाल, यहाँका जनता र यहाँको कृषि वातावरणको भूमिकाको पनि म कदर गर्न चाहन्छु।’

ड्रियारले फ्रान्सेली चिज बनाउने प्रविधिलाई नेपाली स्थानीय सामग्रीसँग मिश्रण गरी हिमालयन फ्रेन्च चिज स्थापना गरेका थिए। आफ्नो काममार्फत उनले नेपालको दुग्ध क्षेत्रको सम्भावना उजागर गर्नुका साथै स्थानीय कालिगढहरूलाई तालिम दिने र फ्रान्सेली पाककला तथा नेपाली कृषिबीच सहकार्य प्रवर्द्धन गर्ने काम गरेका छन्।

सम्मान ग्रहण गरेपछि ड्रियारले नेपालको भूगोल, परम्परा र जनता आफ्ना लागि प्रेरणाका स्रोत रहेको बताए। उनले भने, ‘यो सम्मान पाउँदा म अत्यन्तै गौरवान्वित भएको छु। नेपालले मलाई यस्तो देशमा आफ्नो सीप निर्माण गर्ने अवसर दियो, जसको भूगोल, परम्परा र जनता निरन्तर प्रेरणाका स्रोत हुन्। यस सम्मानका लागि म फ्रान्स सरकारका साथै यस यात्रामा साथ दिने मेरा नेपाली सहकर्मी र साझेदारहरूलाई धन्यवाद दिन चाहन्छु। यो सम्मान उनीहरूको परिश्रम र सहयोगप्रतिको कदर पनि हो।’

2