Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

दरबारमार्ग र ठमेल २४सै घण्टा खुला

दरबारमार्ग र ठमेल २४सै घण्टा खुला
A A+ A-

काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारमार्ग र ठमेल क्षेत्रका व्यवसाय तथा गतिविधि अब २४सै घण्टा सञ्चालन गर्न सकिने जनाएको छ। कार्यालयले मंगलबार एक सूचना जारी गर्दै यी दुई क्षेत्रलाई पूर्ण रूपमा खुला गर्ने निर्णय सार्वजनिक गरेको हो।

काठमाडौं नेपालको संघीय राजधानी र अत्यन्त महत्त्वपूर्ण स्थान भएकाले जिल्लालाई नै सुरक्षित र व्यवस्थित रूपमा चौबिसै घण्टा खुला गर्ने उद्देश्यसहित तयारी भइरहेको प्रशासनले स्पष्ट पारेको छ। यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्ती लगायतका न्यूनतम पूर्वाधारको पर्याप्त व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

काठमाडौंका अन्य स्थानका व्यापार, व्यवसाय र बजार क्षेत्रलाई समेत २४सै घण्टा खुला गर्ने विषयमा स्थानीय तह, विभिन्न विभाग, कार्यालय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग समन्वयात्मक बैठक आयोजना गर्ने तयारी भइरहेको सूचनामा उल्लेख छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा व्यापक तयारीपछि मात्रै जिल्लाका अन्य क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने विषयमा निर्णय गरिने जनाइएको छ।

तत्कालका लागि भने यसअघि नै २४सै घण्टा खुला गरिएका क्षेत्रबाहेक अन्य स्थानका व्यवसायीले अर्को सूचना जारी नभएसम्म पूर्ववत् रूपमा तोकिएको समयभित्र मात्रै आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ।

2