Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

नेपालगञ्ज-दिल्ली सीधा हवाई उडानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपालगञ्ज-दिल्ली सीधा हवाई उडानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण
A A+ A-

नेपालगञ्ज: प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज र दिल्लीबीच सीधा हवाई उडान सञ्चालन गर्न माग गरिएको छ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बाँकेका विभिन्न राजनीतिक दल, नागरिक समाजका अगुवा र व्यवसायीहरूले मङ्गलबार प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

ज्ञापनपत्रमा नेपालगञ्ज-दिल्ली सीधा हवाई उडानका साथै सुक्खा बन्दरगाह स्थापनाको पहल गर्न आग्रह गरिएको छ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चीरञ्जिवी ओलीले सीधा हवाई सम्पर्क स्थापना भएमा यस क्षेत्रको पर्यटन, धार्मिक गतिविधि, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति हुने विश्वास व्यक्त गरे। उनले हवाई उडानले नेपालगञ्जलाई पर्यटनको प्रवेशद्वारका रूपमा स्थापित गर्न मद्दत गर्ने बताए।

त्यस्तै, निर्माण भइसकेको एकीकृत जाँच चौकीलाई स्तरोन्नति गरी सुक्खा बन्दरगाहका रूपमा विकास गर्न सके आयात-निर्यात व्यापारमा टेवा पुग्ने व्यवसायीहरूको भनाइ छ। भारतसँगको सीमावर्ती प्रमुख व्यापारिक केन्द्र भए पनि अन्तर्राष्ट्रिय हवाई सम्पर्क, रेलमार्ग तथा व्यापारिक पूर्वाधारको अभावमा नेपालगञ्ज अपेक्षित रूपमा अगाडि बढ्न नसकेको गुनासो उनीहरूले गरेका छन्।

प्रमुख जिल्ला अधिकारी तामाङले आफू बाँकेमा आएदेखि नै यस विषयमा निरन्तर संवाद भइरहेको जानकारी दिए। ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टसहित नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा र श्रम संस्कृति पार्टीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

2