Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

निकासी पैठारी सम्बन्धि विधेयकमा अझै प्रशस्त छलफल आवश्यक

निकासी पैठारी सम्बन्धि विधेयकमा अझै प्रशस्त छलफल आवश्यक
अ+ अ-

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि छलफल भएको छ । सोमबार बसेको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि छलफल भएको हो ।

सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले निकासी पैठारी (नियमन) विधेयकमा भएको कमि कमजोरी सही तरिकाले पहिचान गरेर मात्र अगाडि बढाउनुपर्ने बताए ।

अहिले यो ऐनले निर्यात र आयातलाई कुन हिसाबले रोक्न सकिन्छ भन्ने कुरामा बढि केन्द्रित रहेको पनि उनको भनाइ छ ।

उनले भने, ‘यो अवैध सामान पैठारी निकासीका कुराहरुलाई समेट्ने गरि यो ऐनमा भएका कमी कमजोरी यसअघिको बैठकमा राखिसकेको छ । त्यसलाई थोरै खोतल्ने हो भने यो छिटै निष्कर्षमा पुग्न सकिन्छ । आयात, निर्यात भनेपछि भन्सार जोडिन्छ, आयात निर्यात गर्ने निकाय मन्त्रालयसँग जोडिन्छ । यहाँ धेरै निकाय र धेरै कानुनहरु पनि यो अन्तर्राष्ट्रिय व्यापार भन्सारमा बढी जोडिन आउने हुनाले सबै डाटाहरु राख्यो भने सजिलो हुन्छ । भन्सार चुहावटको विषय भन्सार ऐनले हेर्छ । तर अहिलेको ऐनले चाहीं हामीले निर्यात र आयातलाई कुन हिसाबले रोक्ने भन्ने कुरालार्ई लिएर केन्द्रित रहेको छ ।’

यस्तै, उनले अन्तर्राष्ट्रिय व्यपारको लागि कानुन बनाएर अगाडि बढ्ने हो भने व्यापारमा सहज हुने बताए । छलफलमा समितिमा हुने छलफलका विषयहरुमा समिति सभापति अब्दुल खानले जानकारी गराएका थिए ।

2