Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

भारतद्वारा ५९४ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्न अनुमति

भारतद्वारा ५९४ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्न अनुमति
A A+ A-

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले भारतको ऊर्जा एक्सचेन्ज (आईएक्स) मा ५९४ मेगावाट विद्युत् बिक्रीका लागि स्वीकृति पाएको छ। प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लक्षित गर्दै भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले मंसिर २ गते यस्तो अनुमति दिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट गरी कुल ५९४ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्न सकिनेछ। यो विद्युत् १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ सम्म आईएक्सको डे-अहेड तथा रियल टाइम मार्केटमा बिक्री गरिनेछ। यसमध्ये २०५ मेगावाट विद्युत् कटैया-कुशाहा, रामनगर-सुरजपुर र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनबाट तथा ३८९ मेगावाट विद्युत् ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट निर्यात हुनेछ।

यसअघि प्राधिकरणले भारतको हरियाणा र बिहार राज्यमा मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत विद्युत् निर्यात गर्दै आएको थियो। उक्त सम्झौताअनुसारको निर्यात अवधि कात्तिक १४ मा समाप्त भएपछि प्राधिकरणले वैकल्पिक बजारका रूपमा आईएक्समा बिक्रीका लागि पहल गरेको थियो।

यसैबीच, भारतले सेती खोला जलविद्युत् आयोजनाबाट उत्पादित थप २१.३४ मेगावाट विद्युत् निर्यातका लागि समेत अनुमति दिएको छ। यो विद्युत् १८ नोभेम्बर २०२६ देखि ३१ अगस्ट २०२७ सम्म बिक्री गर्न सकिनेछ। यससँगै नेपालले भारततर्फ कुल १,१९८ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ। साथै, आगामी हिउँदयामका लागि आवश्यक पर्ने १,००४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने अनुमति पनि प्राप्त भइसकेको छ।

2