Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

काबेली–३ आयोजनाको उत्पादन परीक्षण सुरु

काबेली–३ आयोजनाको उत्पादन परीक्षण सुरु
अ+ अ-

ताप्लेजुङ- ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोलाबाट उत्पादित काबेली–३ क्यासकेट जलविद्युत् आयोजनाको उत्पादन परीक्षण उत्पादन सुरु गरिएको छ । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको २१.९३ मेगावाट क्षमताको आयोजनाको उत्पादन परीक्षण मङ्गलबारदेखि सुरु भएको हो ।

आयोजनाका सम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार २०७९ साल माघ ५ गतेबाट काम सुरु भई आयोजना निर्माण कार्य सम्पन्न भएसँगै विद्युत् उत्पादनको परीक्षण सुरु गरिएको हो । मङ्गलबारदेखि सुरु भएको उत्पादन परीक्षण सफल भएपछि औपचारिक रुपमा आयोजनाको विद्युत् उत्पादन सुरु हुने सम्पर्क अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।

काबेली–३ को आयोजनास्थल सिरिजङ्घा गाउँपालिका–५ पेदाङ, वडा ६ मामाङ्खे र वडा ७ खेबाङमा पर्दछ । कुल चार अर्ब २८ करोड ५० लाख एक हजार रुपियाँ बजेटको लागतमा निर्माण सम्पन्न गरिएको आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणको पाँचथरको हिलिहाङ गाउँपालिकास्थित १३२ केभीए क्षमताको अमरपुर दुवीचौर सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ ।

आयोजनाको उत्पादित विद्युत अमरपुर सब–स्टेशनसम्म पुर्‍याउन पेदाङ पुछार खोलाखेतमा रहेको विद्युत् गृहदेखि ३१ वटा टावर पोल (खम्बा) मार्फत प्रसारण लाइन जडान गरिएको छ । यस्तै आयोजनाको संरचनाहरुमा भने मामाङ्खे र खेबाङको सिमानास्थित ओथम्मा गहिरीमा रहेको मुहानदेखि पाँच हजार १४०.२ मिटर लामो सुरुङमार्फत पानी ल्याएर विद्युत् गृहमा खसालिएको ढुङ्गानाले बताउनुभयो ।

त्यस्तै आयोजनाको कुल लागत बजेटमा एनएमबी बैंकको नेतृत्वमा प्रभु र नबिल बैङ्क लिमिटेडको ७५ प्रतिशत लगानी रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी २५ प्रतिशत प्रवर्धक कम्पनीको स्वपुँजीबाट लगानी छ । काबेली–३ बाहेक यस क्षेत्रमा यसअघि १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ र १२ मेगावाट क्षमताको सुपर काबेली जलविद्युत् आयोजनासमेत निर्माण भइसकेका छन् ।

2