Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

याङ्गो ग्रुपको सुरक्षा प्रमुखमा जेम्ल्यान्स्की नियुक्त

याङ्गो ग्रुपको सुरक्षा प्रमुखमा जेम्ल्यान्स्की नियुक्त
A A+ A-

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना मोबिलिटी सेवाको सुरक्षा प्रणाली सुदृढ बनाउन रोमन जेम्ल्यान्स्कीलाई ग्लोबल हेड अफ सेफ्टीमा नियुक्त गरेको छ। दुबईमा मुख्यालय रहेको कम्पनीले विश्वभरका यातायात सेवामा सुरक्षा रणनीति एकीकृत गर्ने र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उनलाई जिम्मेवारी दिएको हो।

नवनियुक्त जेम्ल्यान्स्कीले सुरक्षा रणनीति विकास, प्रविधिको प्रयोग विस्तार, सञ्चालन मापदण्ड सुधार तथा विभिन्न बजारमा सफल सुरक्षा अभ्यास लागू गर्ने कार्यको नेतृत्व गर्नेछन्। अफ्रिका, ल्याटिन अमेरिका, दक्षिण एसिया, मध्यपूर्व तथा उत्तर अफ्रिकामा सञ्चालित मोटरसाइकल, तीनपाङ्ग्रे र अन्य मोबिलिटी सेवामा सुरक्षा व्यवस्था थप मजबुत बनाइने कम्पनीले जनाएको छ।

कम्पनीले दुर्घटना तथा सुरक्षा जोखिम न्यूनीकरणका लागि कृत्रिम बुद्धिमत्ता (एआई), रुट निगरानी, चालक तथा कुरियरको पहिचान प्रमाणीकरण र जोखिम पहिचान गर्ने प्रविधिको प्रयोग बढाउने भएको छ।

याङ्गोका अनुसार कम्पनीको पहिलो ‘याङ्गो राइड सुरक्षा प्रतिवेदन’ ले प्रति १० लाख यात्रामा रिपोर्ट गरिएका गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना ३१ प्रतिशतले घटेको देखाएको छ। यस्तो घटना ९.८३ बाट घटेर ६.७६ मा झरेको प्रतिवेदनमा उल्लेख छ।

याङ्गोले नेपालसहित पाकिस्तान, सेनेगल, कोलम्बिया र भेनेजुएलामा स्थानीय निकाय तथा सडक सुरक्षा संस्थासँगको सहकार्यमा चालक र कुरियरलाई हेल्मेट तथा अन्य सुरक्षात्मक सामग्री वितरण गर्दै आएको छ।

त्यस्तै, जाम्बियाको ‘सेफर जर्निज टु स्कुल’ कार्यक्रममार्फत २० विद्यालयका ३२ हजार विद्यार्थीलाई सडक सुरक्षासम्बन्धी शिक्षा दिइएको कम्पनीले जनाएको छ। उक्त कार्यक्रम सेनेगलमा पनि विस्तार गरिएको छ।

जेम्ल्यान्स्कीसँग राइड हेलिङ क्षेत्रमा सुरक्षा प्रविधिसम्बन्धी पाँच वर्षको अनुभव छ। उनले टेक्निकल प्रोडक्ट म्यानेजरदेखि हेड अफ सेफ्टी टेक्नोलोजिजसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।

याङ्गो ग्रुपले हाल विश्वका ३५ भन्दा बढी देशमा मोबिलिटी, डेलिभरी, फुडटेक तथा मनोरञ्जनलगायतका डिजिटल सेवा सञ्चालन गर्दै आएको छ।

2