Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कोशी प्रदेशका सरकारी कार्यालयमा डिजिटल भुक्तानी सेवा

कोशी प्रदेशका सरकारी कार्यालयमा डिजिटल भुक्तानी सेवा
अ+ अ-

विराटनगर- कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शुक्रबार विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी (क्यूआर) सेवाको औपचारिक शुभारम्भ गर्नुभएको छ । यससँगै प्रदेशको सरकारी कार्यालयमा पहिलोपटक डिजिटल भुक्तानी प्रणाली लागू भएको छ ।

मन्त्री राईले डिजिटल भुक्तानीलाई सुशासन र पारदर्शिता कायम गर्ने प्रभावकारी माध्यम भन्दै अबको समय डिजिटल, सुशासन र पारदर्शिताको भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल प्रणालीमार्फत छिटो, छरितो र सजिलो भुक्तानीको सुरुवात गरेका छौं । अब चाँडै सबै प्रादेशिक अस्पतालमा यो प्रणाली लागू गरेर नागरिकलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्नेछौं ।”

यसअघि सेवाग्राहीबाट राजस्व सङ्कलनमा नगद मात्र प्रयोग हुँदै आएकोमा अब क्यूआर प्रणाली लागू भएपछि घरमै बसेर सेवा लिन सकिने र कर्मचारी–सेवाग्राही प्रत्यक्ष सम्पर्क घट्ने भएकाले सुशासनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

गत आर्थिक वर्षमा प्रयोगशालाले २ करोड २६ लाख ६२ हजार ९७५ रुपियाँ बराबरको कारोबार गरेको थियो ।

2