Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान

पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान
A A+ A-

इलाम। सूर्योदय नगरपालिका-७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान घोडाको स्याहारसुसारबाट सुरु हुन्छ। बिहान उठ्नेबित्तिकै घोडालाई दानापानी खुवाउने, सरसफाइ गर्ने र पर्यटक सेवाका लागि तयार पार्ने उनको नियमित काम हो। त्यसपछि घोडा लिएर कन्याम बजार पुग्छन् र दिनभर पर्यटकलाई घोडामा चढाएर कन्याम तथा आसपासका क्षेत्र घुमाउँछन्। दिनभरको कमाइ लिएर साँझ घर फर्कन्छन्।

परम्परागत खेतीपाती गर्दै आएका तामाङका लागि घोडचढी व्यवसाय पछिल्लो समय आम्दानीको मुख्य स्रोत बनेको छ। यसबाट उनले दैनिक औसत तीन हजार रुपैयाँसम्म कमाइ गर्दै आएका छन्। “बिहानदेखि साँझसम्म घोडाको स्याहारसुसार गर्ने र पर्यटकलाई घोडामा चढाएर घुमाउने नै दैनिकी बनेको छ,” उनले भने, “दिनभरमा सरदर तीन हजार रुपैयाँसम्म कमाइ हुन्छ। घोडालाई दानापानी खुवाउन दैनिक एक हजार रुपैयाँ खर्च हुन्छ। बाँकी बचत हुन्छ।”

पर्यटकलाई प्याकेजमा घुमाउने अवसर पाउँदा भने पाँच हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए। खेतीपातीसँगै पर्यटन व्यवसायमा जोडिन पाउँदा थप सन्तुष्टि मिलेको उनको भनाइ छ।

सोमबहादुरको जस्तै दैनिकी अहिले कन्यामका ३९ किसानको छ। घोडापालन गर्दै आएका उनीहरू बिहानदेखि बेलुकासम्म पर्यटकलाई घोडचढी सेवा दिन व्यस्त हुन्छन्। पछिल्लो समय कन्याममा घोडचढी व्यवसाय फस्टाउँदै गएको छ। यहाँ आउने पर्यटक घोडचढीको अनुभव नलिई फर्कन चाहँदैनन्। चियाबारीको ट्रेलमा घोडा चढ्ने, फोटो तथा भिडियो खिच्ने र टिकटक बनाउने पर्यटक बढेसँगै व्यवसायीको आम्दानी पनि बढेको छ।

घोडचढी व्यवसायलाई व्यवस्थित बनाउन मूल्य निर्धारण र व्यवसायीलाई सङ्गठित गर्ने उद्देश्यले घोडचढी व्यवसायी सङ्घ गठन गरिएको छ। सङ्घले दूरीअनुसार विभिन्न प्याकेजको शुल्क निर्धारण गरेको कोषाध्यक्ष डिकबहादुर तामाङले बताए। उनका अनुसार घोडामा चढेर फोटो खिचेको ५० रुपैयाँ, १० मिनेट घुमेको १०० रुपैयाँ, स्पोर्ट राउन्डको ३०० रुपैयाँ र हरियाली चिया बगान घुमेको ६०० रुपैयाँ शुल्क तोकिएको छ। कन्यामका सबै क्षेत्र घुम्ने प्याकेजका लागि भने दुई हजार ५०० देखि पाँच हजार रुपैयाँसम्म लिने गरिएको छ।

“सङ्घको निर्णयअनुसार ५० देखि पाँच हजार रुपैयाँसम्मका विभिन्न प्याकेज बनाएका छौँ,” उनले भने, “व्यवसाय गरेबापत नगरपालिकालाई वार्षिक एक हजार ४७० रुपैयाँ र सरसफाइ शुल्कबापत मासिक ८० रुपैयाँ तिर्दै आएका छौँ।”

सङ्घका अध्यक्ष तथा सूर्योदय नगरपालिका–७ का व्यवसायी प्रेमलाल ग्याबाका अनुसार घोडचढी व्यवसाय स्थानीयको जीविकोपार्जनको मुख्य आधार बन्दै गएको छ। कन्याम आउने पर्यटकलाई घोडामा घुमाएर आम्दानी गर्न सहज भएको उनले बताए। “पर्यटकलाई घोडामा चढाएर उनीहरूले चाहेको ठाउँमा घुमाउँछौँ। खेतीपातीको तुलनामा यो काम सहज छ,” उनले भने, “आम्दानीसँगै नयाँनयाँ पर्यटकसँग भेटघाट गर्न पाउँदा पनि आनन्द लाग्छ।”

कन्याममा बालबालिका, युवा र वृद्धवृद्धासम्मले घोडचढीको अनुभव लिने गरेका छन्। सूर्योदय नगरपालिका–७ मा रहेको कन्याम कोसी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक हो। यतिबेला यहाँ पर्यटक आउने मुख्य सिजन सुरु भएको छ। सामान्यतया असोजदेखि जेठसम्म कन्याममा पर्यटकको चहलपहल रहने स्थानीय पर्यटन व्यवसायी टिका ओडारीले बताए।

चारैतिर हरियाली चियाबारीले सजिएको कन्याममा वनभोज, घुमफिर, फोटो तथा भिडियो खिच्न र घोडचढीको अनुभव लिन दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन्।

2