काठमाडौं। नेपालको भौतिक पूर्वाधार सुधारका लागि भारतले दुई खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो सहयोगको घोषणा गरेका हुन्।
करिब एक सय मिनेट लामो भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण र पूर्वाधार सुधारका लागि उक्त रकम प्रदान गर्ने जानकारी दिए। सोही अवसरमा दुवै प्रधानमन्त्रीले भारतको सहयोगमा सञ्चालित पाँचवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन तथा शिलान्यास गरेका छन्।
दुवै नेताले स्विच थिचेर ती परियोजनाको औपचारिक सुरुवात गरेका हुन्। साथै, भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्मको रेल सेवाको पनि शुभारम्भ गरिएको छ। सहमतिअनुसार भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुल तथा बनबासा नाकामा एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ।
यसैगरी, मोतीहारी-अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन, झापाको चारआलीमा ग्यास पाइपलाइनको शिलान्यास र ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजनाको शिलान्यास सम्पन्न भएको छ।
