Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति

शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति
A A+ A-

काठमाडौं: नेपालको पर्यटन विभागले सन् २०२६ को शरद् ऋतुमा विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीलाई अनुमति प्रदान गरेको छ। विभागका अनुसार १९० वटा आरोहण टोलीमा रहेका यी आरोहीहरूले ५० वटा हिमाल चढ्ने अनुमति लिएका हुन्। अनुमति लिनेमा एक हजार २५३ पुरुष र ३८० महिला रहेका छन्।

विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार सबैभन्दा धेरै फ्रान्सका १५० जना आरोही रहेका छन्। त्यसैगरी चीनबाट १४६, अमेरिकाबाट १३०, रसियाबाट १२४, बेलायतबाट ११२, जर्मनीबाट १०२, नेपालबाट ९०, स्पेनबाट ५६, स्वीट्जरल्याण्डबाट ५२, अष्ट्रेलियाबाट ४६ र चेक रिपब्लिकबाट ४२ जनाले अनुमति लिएका छन्।

अगस्टको अन्तिम साताबाट संकलन सुरु भएको रोयल्टीबापत सरकारले ३३ करोड ४२ लाख ८६ हजार ६१७ रुपैयाँ राजश्व संकलन गरेको छ। यो रकम २१ लाख ९७ हजार ७१० अमेरिकी डलर बराबर हो।

आरोहण अनुमति दिइएका हिमालमध्ये मनास्लु (८,१६३ मिटर) सबैभन्दा बढी प्राथमिकतामा परेको छ। मनास्लुका लागि ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन्, जसबाट २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन भएको छ।

त्यस्तै, आमादब्लम हिमालका लागि ४० टोलीका ४७६ आरोहीले अनुमति लिएका छन्, जसबाट सात करोड १३ लाख ४७ हजार १०० रुपैयाँ संकलन भएको छ। विभागका अनुसार हिम्लुङ हिमालका लागि १३ टोलीका १३० जनाले अनुमति लिएका छन्, जसबाट ७९ लाख ७४ हजार २० रुपैयाँ संकलन भएको छ। धौलागिरि-१ का लागि ३७ जना र मकालु हिमालका लागि तीन जनाले अनुमति लिएका छन्। यसबाहेक पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, गङ्गापूर्णा पश्चिम, थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण-४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक, पोखर खाङ, अर्दाङ, जुगल र पेरीलगायतका हिमाल आरोहणका लागि पनि अनुमति दिइएको छ।

2