Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

दैलेखको पेट्रोलियम तथा मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिएका छौँ : सभापति लामिछाने

दैलेखको पेट्रोलियम तथा मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिएका छौँ : सभापति लामिछाने
A A+ A-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन्।
शनिबार साँझ ड्रिलिङ साइटको अवलोकन गर्दै उनले लामो समयदेखि रोकिएको परीक्षण तथा व्यावसायिक उत्पादन प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता जनाए।

चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ सम्पन्न भए पनि एक वर्षदेखि परीक्षण रोकिँदा करोडौँ मूल्यका संवेदनशील उपकरणमा खिया लाग्न थालेकोप्रति उनले चिन्ता व्यक्त गरे। तत्काल उपकरण संरक्षणसँगै प्राविधिक काम अघि बढाउन आवश्यक रहेको उनको भनाइ थियो।

प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएको उल्लेख गर्दै लामिछानेले यसले देशको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने बताए। उनले यस आयोजनालाई कर्णालीको आर्थिक रूपान्तरणसँग जोडिएको राष्ट्रिय गौरवको आयोजना भन्दै उत्खननलाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल–चीनबीचको समझदारीअनुसार २०७६ फागुनमा विस्तृत अन्वेषण सम्झौता गरी ४५ रोपनी जग्गा अधिग्रहण गरेर परियोजना अघि बढाइएको हो। अवलोकनका क्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले आयोजनाको प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।

2