Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चीनमा मासुलगायत कृषिवस्तु निर्यातमा सहजीकरणको आग्रह

चीनमा मासुलगायत कृषिवस्तु निर्यातमा सहजीकरणको आग्रह
अ+ अ-

काठमाडौँ- नेपालबाट भैँसीको मासु, दुग्ध पदार्थ, तरकारी फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीनसमक्ष आग्रह गएिको छ । चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारीबिच बिहीबार काठमाडौँमा भएको बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जनाइएको छ ।

बैठकमा नेपालको नेतृत्व कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले र चिनियाँ पक्षको नेतृत्व चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ लिङजुनले गर्नुभएको थियो । नेपालबाट प्रशोधित भैँसीको मासु र कुरकुरे हाड (कार्टिलेज) का अतिरिक्त घिउ, नौनी तथा छुर्पी चीन निर्यातका लागि कृषि मन्त्रालयले जोड गरिरहेको छ ।

त्यस्तै हेलेज साइलेज पशु आहारा निर्यातका लागि पनि द्विपक्षीय बैठकमा नेपालले कुरा राखेको कृषि मन्त्रालयले जनाएको छ । नेपाल कुखुराको मासु र पन्जा, तरकारी, सुन्तलाजन्य फलफूल, चिया तथा कफी र जडीबुटी निर्यातका लागि सक्षम रहेको जानकारी दिँदै र त्यसका लागि थप सहजीकरण गरिदिन पनि आग्रह गरिएको छ ।

हाल नेपालबाट ३४ प्रकारका कृषि वस्तु ६१ वटा कम्पनीमार्फत चीन निर्यात हुँदै आएको छ । त्यस्तै हरियो घाँस हेलेज पाँच वटा कम्पनीमार्फत चीन निर्यात हुँदै आएको छ । नेपालले पशु आहारा साइलेज निर्यातका लागि पनि चीनसँग प्रस्ताव गरेको छ । बैठकमा चीनका भन्सार प्रशासनका उपमन्त्री वाङले चीनले नेपालबाट कृषि वस्तु निर्यातको विषयलाई उच्च महत्व दिएको बताउनुभयो । एक सयभन्दा बढी देशबाट यस्ता प्रस्ताव आउने गरेको भए पनि छिमेकी मुलुकका रूपमा चीनले नेपाललाई महत्व दिएर प्रयास अघि बढाएको उहाँले बताउनुभयो ।

व्यापार सहजीकरणका लागि हाम्रो एकल प्रयासले मात्र नुग्ने भन्दै उहाँले दुवै देशको संयुक्त प्रयासमा यो गारो नभएकाले सहजीकरण गर्न आफूहरू तयार रहेको उपमन्त्री वाङले बताउनुभयो ।

कृषिमन्त्री अधिकारीले नेपालबाट मासु निर्यातका लागि आधारभूत सर्त खोरेतमुक्त क्षेत्र घोषणालगायतका प्रक्रियादेखि चीनको क्वारेन्टाइन मापदण्ड पूरा गर्ने प्रयास भइरहेको जानकारी दिनुभएको थियो । उहाँले सुन्तला जातका फलफूल निर्यातका केही सर्तमा लचकता अपनाइदिन आग्रह गर्नुभएको थियो । द्विपक्षीय बैठकमा नेपालको कृषि उपज निर्यातका लागि सहजीकरण गर्न दुवै मुलुकको संयुक्त संरचना स्थापना गर्न नेपालले गरेको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएको छ ।

बैठकमा सचिवद्वय डा. गोविन्दप्रसाद शर्मा र डा. दीपककुमार खराल एवं सहसचिवहरू सहभागी रहनुभएको थियो भने चिनियाँ टोलीमा चीनको भन्सार प्रशासनका अधिकारीहरू हुनुहुन्थ्यो ।

2