Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

पैँसट्ठी अर्ब वैदेशिक लगानी प्रतिबद्धता, भित्रियो बाह्र अर्ब

पैँसट्ठी अर्ब वैदेशिक लगानी प्रतिबद्धता, भित्रियो बाह्र अर्ब
A A+ A-

काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ मा मुलुकमा लगानी गर्ने भनेर झन्डै ६५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आउँदा १२ अर्ब रुपियाँ मात्र लगानी भित्रिएको छ ।

गत आवमा ८४० उद्योगमा ६४ अर्ब ९६ करोड ५१ लाख रुपियाँ लगानी प्रतिबद्धता आएकोमा १२ अर्ब एक करोड ९० लाख रुपियाँ भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । लगानी प्रतिबद्धता उच्च भए पनि भित्रिने रकम भने न्यून छ । गत आवमा सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेकाले पनि लगानी प्रतिबद्धता धेरै आएको थियो । सो अनुसार लगानी भित्रिन सकेको छैन । नेपालमा लगानी गर्ने भनेर गत आवमा गरेको प्रतिबद्धताको १८.५० प्रतिशत मात्र रकम भित्रिएको तथ्याङ्कले देखाएको छ ।

उद्योग विभागका लगानी प्रविधि तथा हस्तान्तरण शाखा प्रमुख प्रशान्त बोहोराले लगानी गर्ने भनेर प्रतिबद्धता धेरै आए पनि सो अनुसार कम लगानी भित्रिएको जानकारी दिनुभयो । सबैभन्दा धेरै सेवा र पर्यटन क्षेत्रमा लगानीकर्ता आकर्षित भएको उहाँको भनाइ छ ।

विभागका अनुसार आव २०८०/८१ मा ६९ अर्ब ८३ करोड ३५ लाख रुपियाँ लगानी प्रतिबद्धता आउँदा प्रत्यक्ष वैदेशिक लगानी भने आठ अर्ब ४७ करोड रुपियाँ भित्रिएको थियो ।

गत आवमा  स्वचालित मार्गबाट ४५१ उद्योगमा ४६ करोड १२ लाख ६६ हजार र अप्रुभल रुटबाट ३८९ उद्योगमा ६० अर्ब ३५ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ । विभागका अनुसार आव २०७९/८० मा ३० अर्ब ७१ करोड ९४ लाख रुपियाँ लगानी प्रतिबद्धता आउँदा सात अर्ब ९७ करोड ७८ लाख रुपियाँ भित्रिएको थियो । गत तीन वर्षको तथ्याङ्क हेर्दा नेपालमा भित्रिने लगानी भने बढ्दै गएको देखिन्छ ।

गत आवमा सबैभन्दा धेरै सेवामूलक उद्योगमा ४८, पर्यटनमा ४१, उत्पादन क्षेत्रमा छ, सूचना तथा प्रविधि उद्योगमा तीन, कृषि क्षेत्रमा दुई प्रतिशत लगानी प्रतिबद्धता आएको छ ।

यस्तै मुलुकमा लगानी गरेबापत विदेशी लगानीकर्ताले आव २०८१/८२ मा नौ अर्ब ६१ करोड ७० लाख रुपियाँ लाभांश फिर्ता लैजान गरी उद्योग विभागबाट स्वीकृति पाएको छ । आव २०८०/८१ मा १० अर्ब १८ करोड ७६ लाख ३९ हजार रुपियाँ लाभांश फिर्ता गर्न स्वीकृत गरिएको थियो ।

विभागले वैशाख २०८१ अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म लगानी गर्न सक्ने व्यवस्था छ । उद्योग व्यवसायमा स्वदेशी तथा विदेशी लगानी गर्न सकिने विभागले जनाएको छ । गत आव स्वचालित मार्गबाट ४५१ उद्योगमा ४६ करोड १२ लाख ६६ हजार रुपियाँ र अप्रुभल रुटबाट ३८९ उद्योगमा ६० अर्ब ३५ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ ।

विभागका अनुसार सुरुदेखि हालसम्म ७३३६ उद्योगमा छ खर्ब ७५ अर्ब ५२ करोड ७१ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

2