Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेप्से परिसूचक १९ अङ्कले घट्यो

नेप्से परिसूचक १९ अङ्कले घट्यो
अ+ अ-

काठमाडाैं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ७४१ दशमलव ९७ विन्दुमा कायम भएको छ ।

आज तीन सय २३ कम्पनीको एक करोड पाँच लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ बराबरको कारोबार भएको छ ।

आज सबै समूहका उपसूचक घटेका छन् । बैंकिङ शून्य दशमलव ४९, विकास बैंक शून्य दशमलव ३९, वित्त शून्य दशमलव ८८, होटल तथा पर्यटन शून्य दशमलव ५२, जलविद्युत् शून्य दशमलव ९६, लगानी शून्य दशमलव ७६ र जीवन बीमा समूह शून्य दशमलव ३० प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन शून्य दशमलव ८०, लघुवित्त शून्य दशमलव ९७, म्युचअल फन्ड शून्य दशमलव २८, निर्जीवन बीमा शून्य दशमलव ७०, व्यापार एक दशमलव ९७ र अन्य समूह शून्य दशमलव ५३ प्रतिशतले घटेको छ ।

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकोसात दशमलव ४७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २२ करोड ७० लाख ४५ हजार ८१४ बराबरको कारोबार भएको छ । यसैगरी, कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको पाँच लाख ६१ हजार ५१४ कित्ता सेयर किनबेच भएको छ ।

2