Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

राति अबेर वा बिहान सबैरै प्रेसर कुकरमा सिट्टी लगाए जरिवाना

राति अबेर वा बिहान सबैरै प्रेसर कुकरमा सिट्टी लगाए जरिवाना
A A+ A-

काठमाडौँ- राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिटी लगाए जरिवाना लाग्ने भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गर्दै अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिटी नलगाउन अनुरोध गरेको हो । प्रहरी कार्यालयले ध्वनि, धुँवा र फोहाेर प्रदूषणमुक्त छिमेकी अभियानको थालनी गरेसँगै यस्तो अनुरोध गरेको हो ।

ध्वनि प्रदूषणले गर्भवती, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने भन्दै यस्तो अभियानको थालनी गरेको प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

यसका अलावा सर्वसाधारण जनताको सामाजिक, आर्थिक क्रियाकलाप तथा नैतिक मान्यतासमेत प्रभावित हुने एवं सामाजिक सम्बन्धमा प्रतिकूल असर पर्ने हुँदा घर, परिवार र छिमेकीको हितका लागि यस्तो अनुरोध गरेको सूचनामा उल्लेख छ ।

राति अबेर शौचालय फ्लस गर्दा ध्वनि कम गर्ने, राति अबेर वा बिहान सबैरै प्रेसर कुकरमा सिटी नलगाउन प्रहरी कार्यालयको अनुरोध छ । त्यसैगरी, अबेरसम्म ठूलो स्वरले गफगाफ नगर्न, भान्साका भाडाँकुडाँको ठूलो आवाज उत्पन्न नगर्न प्रहरीको अनुरोध छ ।

2