Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अर्थतन्त्र सुदृढ गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण

अर्थतन्त्र सुदृढ गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण
अ+ अ-

काठमाडौँ- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमजनतालाई सरकारका कमजोरी औँल्याउने र सकारात्मक कामबारे जनतासम्म प्रभावकारी रूपमा पु¥याउन सञ्चार जगत्ले महìवपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको शनिबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन आर्थिक पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

सञ्चार क्षेत्रले सरकारका नीतिगत कमजोरी उजागर गर्नुका साथै, उपलब्धिहरू जनतालाई जानकारी दिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सरकारका नीति र कार्यान्वयनमा त्रुटि भए त्यो जनसमक्ष पु¥याउनु सञ्चारकर्मीको दायित्व हो । त्यस्तै सरकारले गरेका राम्रा कामबारे पनि नागरिकलाई सुसूचित पार्नु सञ्चार क्षेत्रको जिम्मेवारी हो ।”

आर्थिक पत्रकार समाजसँग मन्त्री, नेतालाई ल्याएर आफ्ना कुरा सुनाउने हैसियत रहेको बताउँदै अर्थमन्त्री पौडेलले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयमा सहयोग गर्दै आएको बताउनुभयो । “सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयमा सहयोग गरिरहेको छ । सामान्यतया मान्छेलाई आलोचना सुन्न मन लाग्दैन, प्रशंसा सुन्न मन लाग्छ । सरकारले गरेका राम्रा काम देख्नुभयो भने त्यसलाई पनि जनतासामु सम्प्रेषित गरिदिनूस् ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारी, रुस–युक्रेन तनावलगायतका कारण मुलुकको अर्थतन्त्रमा असर देखिएको र पछिल्लो समय सुधार हुँदै गएको बताउनुभयो ।

मुलुकको आर्थिक क्षेत्र सुधारका लागि निजी क्षेत्रबाट कसरी भूमिका खेल्न सकिन्छ भनेर महासङ्घले सधैँ पहल गरिरहेको बताउँदै उहाँले कानुनी र व्यावहारिक सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेको धारणा राख्नुभयो । कानुन कार्यान्वयन कमजोर हुँदा सोचे अनुरूप नतिजा प्राप्त गर्न नसकेको उहाँको भनाइ थियो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्र सुधारका लागि कुन क्षेत्रमा कति लगानी आवश्यक छ र त्यसका लागि के कस्ता नीतिगत तथा कानुनी सुधार गरिनु पर्छ भनेर परिसङ्घले अध्ययन गरिरहेको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रका सूचक बिस्तारै सुधार हुँदै गए पनि निजी क्षेत्र अझै लगानीका तयार नभइसकेको बताउनुभयो । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई दिएका सुझाव तथा सिफारिस कार्यान्वयनमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सेजनका पूर्वअध्यक्षले सञ्चार क्षेत्रले सामना गरिरहेका चुनौती, पत्रकारिताको गुणस्तर र आर्थिक क्षेत्रसम्बन्धी अनुसन्धानात्मक समाचारको आवश्यकताबारे विचार व्यक्त गर्नुभएको थियो ।

2