Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

वित्तीय विवरण पेस गर्न निर्देशन

वित्तीय विवरण पेस गर्न निर्देशन
अ+ अ-

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई तोकिएको ढाँचामा र समयमा अनिवार्य रूपमा वित्तीय विवरण तथा अन्य महत्वपूर्ण सूचना पेस गर्न निर्देशन दिएको छ । नेप्सेले आइतबार जारी गरेको सर्कुलरमा आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र लेखा परीक्षण वित्तीय विवरण, त्रैमास समाप्त भएको ३० दिनभित्र प्रतिसेयर आम्दानी, मूल्य आय अनुपातलगायतका विवरणसहितको त्रैमासिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ । साथै लाभांश वितरण, बोनस वा हकप्रद सेयर निष्कासन, ठुला लगानी वा कानुनी कारबाही जस्ता सेयर मूल्यमा प्रभाव पार्ने घटना तुरुन्तै नेप्से र कम्पनीको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने बताइएको छ । यी सबै विवरण नेप्सेले उपलब्ध गराएको सेयर खरिदबिक्रीको अनलाइन प्रणाली (नट्स) अनलाइन प्रणालीमार्फत पठाउनुपर्ने निर्देशनमा उल्लेख छ । नेप्सेले वित्तीय पारदर्शिता र लगानीकर्ताको हित सुनिश्चित गर्न यस्तो गर्नु परेको जनाएको छ । साथै धितोपत्रको दाखिला खारेज बन्द हुने मितिभन्दा कम्तीमा सात दिनअगाडि सोसम्बन्धी सूचना प्रकाशित गर्नुपर्ने नेप्सेले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

साधारण सभाको वार्षिक प्रतिवेदन, वासलात र अन्य जानकारी सभा हुनुभन्दा कम्तीमा २१ दिनअगाडि उपलब्ध गराउनुपर्ने तथा साधारण सभामा भएका निर्णयको विवरण सभा समाप्त भएको एक महिनाभित्र उपलब्ध गराउनुपर्ने जारी सर्कुलरमा उल्लेख छ ।

2