Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हिटलरले यसरी लुकाएका थिए धन– गोप्य भण्डारमा थिए अर्बौं मूल्यका सुन

हिटलरले यसरी लुकाएका थिए धन– गोप्य भण्डारमा थिए अर्बौं मूल्यका सुन
अ+ अ-

काठमाडौं । हिटलरलाई धन प्रिय थियो, त्यसले प्राप्त हुने विलासिता र निष्ठा दुवैका लागि धन आवश्यक थियो र उनले अकुत धन जम्मा गरेका थिए ।

सोभियत सङ्घको सेना घेर्दै नजिक आइसकेको अवस्थामा सन् १९४५ अप्रिल ३० मा बर्लिनमा रहेको आफ्नो ‘बङ्कर’ मा आत्महत्या गरेका हिटलरका बारेमा नै बढी चर्चा गरियो तर उनको आर्थिक कारोबारको कहीँकतै गाइँगुइँ पनि भएन । जर्मनीको एउटा टेलिभिजन च्यानलले हालसालै तयार पारेको एउटा वृत्तचित्रमा हिटलरको धनका बारेमा धेरै कुरा बताइएको छ ।

सार्वजनिक जीवनमा आफूलाई ऊर्जाशील, वैभवपूर्ण र प्रभावशाली देखाउन हिटलरलाई भव्य जीवन मन पर्दथ्यो । टेलिभिजन वृत्तचित्र निर्माणमा संलग्न ४७ वर्षीय स्वतन्त्र पत्रकार इङ्गो हेल्मले भनेका छन्, “आफूले लेखनबाट आम्दानी हुने तथा आफ्ना तस्बिरको ‘कपिराइट’ शुल्कमा उनले धेरै ध्यान दिन्थे ।” इङ्गोले ‘हिटलर्स मनी’ वृत्तचित्र निर्माण गरेका छन् ।

एक अनुमान अनुसार हिटलरसँग चार अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति थियो । उनीसँग भएको सम्पत्तिलाई विश्वको सबैभन्दा ठूलो लुटको भण्डार मानिएको छ तर उनको धन–सम्पत्ति कहाँ कति थियो भन्ने खुलस्त हुन सकेको छैन ।

लुटेर जम्मा गरिएको सुनका छडको अकल्पनीय भण्डार जनताले थाहा नपाउने गरी जर्मन राइख्स बैङ्कको ‘भल्ट’ मा राखिएको थियो तर त्यहाँबाट सबै सुन गायब भयो ।

दोस्रो विश्वयुद्ध सकिएको धेरै वर्षपछि युद्धका बेला लुटिएका सरसामान युरोपका विभिन्न स्थान स्विडेनदेखि स्पेन, स्विट्जरल्यान्ड र पोर्चुगलसम्म फेला पारिएको थियो तर ती खजानाको तुलना हिटलरको कथित लुटको भण्डारसँग गर्न सकिँदैन ।

आजका दिनसम्म खजाना खोज्नेहरू हिटलरको धन खोज्नमा लागेकै छन् र एउटा महìवपूर्ण प्रश्न जसले सबैको मथिङ्गल खराब गरेको छ, हिटलरले लुटेर जम्मा गरेको सुन कहाँ छ ?

तथापि एउटा कुरा त स्पष्ट छ यो प्रश्न अनुत्तरित, अड्कलले घेरिएको, मिथक र असाधारण रहस्य भने पक्कै हो । एउटा आमविश्वास के छ भने हिटलर स्वयंले आफ्नो धनमाल जर्मनीको ड्युसेन्डर्फको सुनसान स्थानमा गाडेका छन् । खजाना खोज्ने केही मानिसले चाहिँ अस्ट्रियाको टपलित्ज तालमा हिटलरले आफ्नो सुन लुकाएको विश्वास गरेर खोजी गर्ने गरेका छन् । केहीले चाहिँ सुनका छड विश्वका विभिन्न बैङ्कमा भण्डारण गरिएको छ भन्दछन् ।

प्रथम विश्वयुद्ध पहिले भियनामा सङ्घर्ष गरिरहेको एक कलाकारका रूपमा हिटलरले आफ्नो जीवनलाई गरिबी र परिश्रमको नमुनाका रूपमा व्याख्या गरेका छन् । तथापि उनीसँग केही पैतृक धन थियो । आफ्नो गरिबीले हिटलर धेरै नै लज्जाबोध हुन्थे । आफूले करोडौँ रुपियाँ कमाएको आफ्नो पुस्तक ‘माई काम्फ’ मा नवोदितले अस्तित्वका लागि कडा परिश्रम गर्नुपर्ने कुरामा हिटलरले जोड दिएका छन् । आफ्नो पछिल्लो जीवनबाट अगाडि बढेर उच्चतम अवस्थामा स्वयंको प्रयासबाट पुगेको कुरा लेख्दै हिटलरले परिस्थितिले सबै दयाभाव मारिदिने तथा जो पछाडि पर्न जान्छन् उनीहरूप्रति करुणाभाव मरेर जाने उल्लेख गरेका छन् ।

हिटलरले राजनीतिज्ञ र व्यापारीहरूको भरोसा जित्न तथा उनीहरूलाई आफ्नो अधीनमा राखिराख्न विलासिता, महँगा उपहार र खर्चपानीमा लाखौँ डलर खर्च पनि गर्दथे । समग्रमा भन्नु पर्दा हिटलरले प्रचारबाजीमा ठूलो रकम खर्च गर्दथे र मानिसलाई लाग्दथ्यो उनी स्वार्थी होइनन् र सहृदयी हुन् ।

हिटलरको मृत्युपछि उनको जायजेथा मित्रराष्ट्रका सेनाले बाभारिया राज्यलाई सुम्पिएका थिए । जसमा हिटलरले आफ्नी पत्नी इभा ब्राउनका लागि म्युनिखमा बनाएको भव्य घरसमेत सामेल थियो । बाभारियामा रहेको बर्चेस्ट गार्डेनमाथि ओभरसाल्जबर्गमा निर्माण गर्न लगाएको आफ्नो ग्रीष्मकालीन आवास घर होस् वा आफ्नो निजी कलासङ्ग्रहको विकासमा हिटलरले राज्यको धन मनलाग्दी खर्च गरेका थिए । उनले न त आफ्नो आयमा न त सम्पत्तिमा कर तिर्दथे ।

हिटलरले कमाएको ठूलो धन उनीद्वारा लिखित पुस्तक ‘माई काम्फ’ को एकस्वबाट आएको थियो । उनको राजनीतिक मार्ग तयार पार्न ठूलो भूमिका खेल्ने यो पुस्तक अझै पनि जर्मनीमा प्रतिबन्धित छ ।

तर जति बेला हिटलर शासन सत्तामा थिए त्यतिबेला विवाहबन्धनमा बाँधिने हरेक जोडीलाई स्थानीय समुदायले ‘माई काम्फ’ उपहारमा दिने गर्दथ्यो । सो निकायले चाहिँ प्रकाशकबाट पुस्तक खरिद गर्दथे ।

हिटलरले नै ‘माई काम्फ’ बाट करिब ७८ लाख जर्मन राइखमार्क आम्दानी गरेको विश्वास गरिन्छ । वर्तमानमा तुलना गर्दा एक राइखमार्क बराबर पाँचदेखि आठ डलर पर्न आउँछ । हिटलरले आफ्नो तस्बिर अङ्कित हुलाक टिकटसमेत प्रकाशन गर्न लगाएर सबै सरकारी कार्यालयमा त्यो टिकटको प्रयोग अनिवार्य गरेका थिए । टिकटमा प्रकाशित हिटलरको तस्बिरको सर्वाधिकार उनका मित्र हेनरिच हफम्यानलाई प्राप्त थियो । त्यतिबेला सर्वाधिकारको अवधि १० वर्ष हुने भए पनि हिटलरले व्यक्तिगत रूपमा त्यस अवधिलाई बढाएर २५ वर्ष पु¥याएका थिए । जसले के सङ्केत गर्छ भने हिटलरले हुलाक टिकटमा छापिएको आफ्नो तस्बिरको सर्वाधिकारबाट समेत आम्दानी गर्दथे ।

व्यापारीले समेत हिटलरलाई रिझाएर राखेको दृष्टान्त देखिन्छ । हिटलर स्वयं पनि व्यापारीलाई आफ्नो वफादार बनाएर शासन बलियो बनाइराख्ने कुटिल चालमा थिए । सन् १९४५ सम्म जर्मनीको चान्सलर रहँदासम्म हिटलरले व्यापारीबाट लगभग ७० करोड राइखमार्क प्राप्त गरेको देखिन्छ । जुन हालको बजार मूल्यसँग तुलना गर्दा तीन अर्ब डलरभन्दा बढी हुन आउँछ ।

हिटलरले यीबाहेक अन्य कैयौँ क्षेत्रबाट सम्पत्ति जोडेका थिए तर प्रश्न उठ्छ कुनै जमानामा प्रथम विश्वयुद्धमा लडेका, सामान्य कलाकार र प्रायः होस्टेलमा जीवन व्यतीत गर्ने हिटलरले नाजी पार्टीको प्रमुख भएपछि आर्जन गरेको अथाह सम्पत्ति कहाँ गयो ?, यो अझै पनि रहस्यमै छ ।

2