Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

भारतमा दुई सय त्रियासी मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण

भारतमा दुई सय त्रियासी मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण
A A+ A-

काठमाडौँ- भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आठ जलविद्युत् आयोजनाको २८३ मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत रहेको प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) का लागि चार र मध्यकालीन सम्झौता अन्तर्गत हरियाणा राज्यमा निर्यात हुने चार आयोजनाका लागि निर्यात अनुमति करिब एक वर्षका लागि नवीकरण गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचेको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ ।

आइइएक्सका लागि १०३ र विहारका लागि १८० मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण भएको हो । सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागु हुने गरी करिब एक वर्षका लागि नवीकरण स्वीकृति भएको छ ।

प्राधिकरणले हरेक वर्ष जुन–अक्टोबरमा हरियाणालाई विद्युत् बिक्री गर्छ । प्राधिकरणले हरियाणालाई विद्युत् बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत् आइएक्समा पनि बिक्री अनुमति मागेको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो ।

अब प्राधिकरणले यी चार आयोजनाबाट उत्पादित विद्युत् पनि शुक्रबारदेखि आइएक्समा समेत निरन्तर रूपमा बिक्री गर्न पाउने भएको छ । नेपालले बङ्गलादेश निर्यात गर्ने ४० मेगावाटसमेत गरी कुल १,१६५ मेगावाट विद्युत् निर्यातको अनुमति पाएको छ ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आइएसएको आठौँ सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टरसँगको भेटमा विद्युत् निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गर्नुभएको थियो । उहाँले नेपालमा विद्युत् उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृति गरिदिनसमेत आग्रह गर्नुभएको थियो ।

2