Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

पुनर्निर्माण कोषमा एक करोड छयहत्तर लाख सहयोग

पुनर्निर्माण कोषमा एक करोड छयहत्तर लाख सहयोग
अ+ अ-

काठमाडौँ-जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले एक करोड एक लाख रुपियाँ हस्तान्तरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणयकुमारले पुनर्निर्माण कोषमा उक्त रकम बराबरको भौचर अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई आइतबार अर्थ मन्त्रालयमा हस्तान्तरण गर्नुभयो ।

त्यसै गरी भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुने गरी एफवान सफ्ट ग्रुपमा आबद्ध एफवान सफ्ट इन्टरनेसनल, इसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीको संयुक्त योगदान हुने गरी ७५ लाख रुपियाँ हस्तान्तरण गरेको छ । उक्त ग्रुपका तर्फबाट अध्यक्ष सिद्धान्त ठकुरीले ७५ लाख रुपियाँ रकम बराबरको चेक अर्थमन्त्री खनाललाई हस्तान्तरण गर्नुभयो ।

2