Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

नेपालगन्ज नाकाबाट चार महिनामा २४ अर्बभन्दा बढीको व्यापार

नेपालगन्ज नाकाबाट चार महिनामा २४ अर्बभन्दा बढीको व्यापार
A A+ A-

नेपालगन्ज- पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट गत चार महिनाको अवधिमा २४ अर्बभन्दा बढीको व्यापार भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को चार महिनामा यो नाकाबाट २३ अर्ब ८० करोड ३५ लाख २६ हजारको आयात र ७७ करोड २८ लाख ४६ हजारको निर्यात गरेर २४ अर्ब ५७ करोड ६३ लाख ७२ हजार रुपियाँको व्यापार भएको हो ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आर्थिक वर्षको तुलनामा चालु आवको चार महनिामा यो नाकाबाट करिब दुई अर्बभन्दा बढी कारोबार वृद्धि भएको बताउनुभयो । उहाँले गत आर्थिक वर्ष २०८१/०८२ मा यो नाकाबाट २१ अर्ब ९७ करोड ३० हजार रुपियाँको आयात र ६६ करोड २७ लाख ६७ हजारको निर्यात गरेर २२ अर्ब ६३ करोड २७ लाख ९७ हजारको व्यापार भएको बताउनुभयो ।

गत आवको तुलनामा यो नाकाबाट कारोबार वृद्धि भए पनि राजस्व सङ्कलन भने पाँच करोड रुपियाँ घटेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सुरुको चार महिनामा छ अर्ब एक करोड ३४ लाख ८० हजार रुपियाँ भन्सार राजस्व सङ्कलन भएको छ भने गत आर्थिक वर्ष २०८१/०८२ को चार महिनामा छ अर्ब सात करोड ५६ लाख ३० हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

भदौ महिनामा भएको जेनजी आन्दोलनका कारण केही दिन राजस्व सङ्कलन प्रभावित भएकोले पनि गत आवको भन्दा चालु आवमा अलिकति राजस्व घटेको हुनसक्ने नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनमा एक अर्ब ५० करोड ३८ लाख ३४ हजार राजस्व सङ्कलन भएकोमा चालु आवको साउन महिनामा एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार रूपियाँ, गत आवको भदौमा एक अर्ब ४९ करोड ५ लाख २० हजार राजस्व सङ्कलन भएकोमा चालु आवको भदौ महिनामा एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व सङ्कलन भएको छ ।

त्यस्तै, गत आवको असोज महिनामा एक अर्ब ४१ करोड २९ लाख ४२ हजार राजस्व सङ्कलन भएकोमा यस बर्ष ह्वात्तै वृद्धि भई एक अर्ब ७४ करोड १६ लाख पाँच हजार रूपियाँ राजस्व सङ्कलन भएको छ । सोही प्रकारले गत आवको कात्तिक महिनामा एक अर्ब ६६ करोड ८३ लाख ७ हजार राजस्व सङ्कलन भएकोमा चालु आवको कात्तिक महिनामा एक अर्ब ५३ करोड ७० लाख ८२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

2