Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

छ उद्योगले तिरे थप किस्ता

छ उद्योगले तिरे थप किस्ता
A A+ A-

काठमाडौँ- डेडिकेटेड र ट्रङ्क लाइन महसुलको बक्यौताबापत छ उद्योगले थप किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार दोस्रो किस्ता भुक्तान गर्नेमा अशोक स्टिल्सले ६३ लाख, हुलास स्टिल्सले ५० लाख ४३ हजार, हामा आइरनले २० लाख ८९ हजार रुपियाँ भुक्तान गरेका छन् । त्यस्तै सर्वोत्तम सिमेन्टले ३७ लाख ६३ हजार, लक्ष्मी स्टिल्स ८४ लाख ९८ हजार रुपियाँ दोस्रो किस्ताबापतको रकम भुक्तान गरेका हुन् । शुभश्री सिमेन्टले भने छैटौँ किस्ताको तीन लाख ५५ हजार रुपियाँ भुक्तान गरेको हो । प्राधिकरणले गत असोजमा २८ किस्तामा बक्यौता भुक्तान गर्न सक्ने सुविधा दिएको थियो । प्राधिकरणले रकम भुक्तान गरेका यी उद्योगको विद्युत् आपूर्ति काटेको थिएन ।

निर्धारित समयमा नतिरेपछि प्राधिकरणले कात्तिक पहिलो साता २२ उद्योगको विद्युत् लाइन काटिएको थियो । ती उद्योगले पहिलो किस्ता भुक्तान गरेपछि अहिले विद्युत् आपूर्ति सूचारु भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले पहिलो किस्ता तिरेका उद्योगलाई दोस्रो किस्ता भुक्तानीका लागि पनि पत्राचार गरिरहेको छ ।

गुल्मीमा तेत्तिस लाख बक्यौता

गुल्मी समाचारदाताका अनुसार गुल्मीमा विद्युत्को बक्यौता ३३ लाख रुपियाँभन्दा बढी छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीका सूचना अधिकारी भरत पोखरेलका अनुसार विद्युत् उपयोग गरी ६० दिन कटेका सेवाग्राहीबाट ३३ लाख ११ हजार ८१७ रुपियाँ बक्यौता छ । जिल्लामा विद्युत् उपभोग गरी बक्यौता नतिर्नेमा सामुदायिक ग्रामीण विद्युत् उपभोक्ता समिति, लिफ्टिङ खानेपानी र केही कार्यालय पनि रहेका छन् । सबैभन्दा बढी जयखानी सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिले तीन महिनादेखि बक्यौता रकम बुझाएको छैन । उसले कुल दुई लाख ७८ हजार ६६० रुपियाँ तिर्नुपर्ने देखिन्छ । यस्तै हचिङ्कोट सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिले दुई लाख तीन हजार ५४ रुपियाँ, वीरबास सामुदायिक ग्रामीण विद्युतीकरणले ७० हजार ३८६ रुपियाँ, कालीमाटी कोटला लिफ्टिङ खानेपानी उपभोक्ता समितिको ९५ हजार ७१९ रुपियाँ, सविता बस्नेतले १४ महिना विद्युत् उपभोग गरेबापत एक लाख ५२ हजार ६०६ रुपियाँ, सिद्धार्थ कङ्क्रिट उद्योगले चार महिनाको ९४ हजार ५१९ रुपियाँ, यमबहादुर कामीले ७६ हजार २७९ रुपियाँ, रेडियो गुल्मीले १८ महिनाको ६६ हजार ३२९ रुपियाँ, जिल्ला प्रहरी कार्यालय गुल्मीको पाँच महिनाको ७० हजार दुई सय रुपियाँ, कालीगण्डकी गिट्टी, ढुङ्गा, बालुवा प्रशोधन केन्द्रको ६४ हजार ९८४ रुपियाँ बक्यौता छ ।

उनीहरूलाई बक्यौता बुझाउनका लागि खबर गरिएको र अझै पनि अटेर गरेमा लाइन काटेरै छाड्ने पोखरेलले चेतावनी दिनुभयो ।

2