Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

नियुक्तिको तीन महिनामै बीमा प्राधिकरणमा अध्यक्ष शरद ओझाले थाले एक दर्जन नयाँ काम

नियुक्तिको तीन महिनामै बीमा प्राधिकरणमा अध्यक्ष शरद ओझाले थाले एक दर्जन नयाँ काम
A A+ A-

काठमाडौं – बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएको तीन महिना पूरा भएको छ । गत फागुन १२ गतेको मन्त्रिपरिषदले ओझालाई नियुक्ति दिएको हो भने १३ गते शपथलगत्तै उनले कार्यभार सम्हालेका थिए ।

अध्यक्ष ओझाको कार्यकाल सुरुवातसँगै प्राधिकरणले छोटो समयमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्न सफल भएको छ ।

बीमकको प्रभावकारी निगरानी बढाउन एकिकृत निर्देशिका तयार गर्ने काम सुरु भएको छ भने बीमा तथ्यांकलाई पारदर्शी बनाउने गरी बीमा प्रतिबिम्ब प्रकाशन सुरु भएको छ ।

प्रत्येक शुक्रबार नेतृत्व विकास तालिम सुरु भएको छ, यसले कर्मचारी बीच प्रभावकारी समन्वय बढाएको छ ।

बीमा सम्बन्धी विवादलाई पारदर्शी रुपमा समाधान गर्न इजलासको अभ्यास सुरु हुने क्रममा रहेको छ ।

बिमकको लगानी सम्बन्धी काम गर्ने छुट्टै डेडिकेटेड शाखा स्थापना भएको छ भने यसले बीमकले गर्ने लगानीलाई सुक्ष्म रुपमा अध्ययन गर्ने तथा बीमकबाट हुने लगानीलाई पारदर्शी बनाउन सहयोग गरेको छ ।

बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीमा हुने गलत अभ्यासलाई निरुत्साहित गर्न विशेष सुपरिभिजन सुरु गरेको छ । हाल भइरहेको सुपरिभजनले नगद फिर्ता गर्ने गलत अभ्यासलाई निरुत्साहित गर्ने जनाइएको छ ।

बीमा सम्बन्धी विवाद समाधानको लागी प्राधिकरणमा मेलमिलाप सम्बन्धी काम गर्ने छुट्टै शाखा स्थापना भएको छ, त्यसले बीमा प्राधिकरणमा भएका विवाद समाधानमा सहयोग गरिरहेको छ ।

वार्षिक बीमा नीति तथा कार्यक्रम प्रकाशित हुने क्रममा रहेको उल्लेख छ ।

प्राधिकरणको नियमन र सुपरिभिजन क्षमता बलियो बनाउँदै बीमकमा भएका गलत अभ्यासलाई निरुत्साहित गर्ने गरी संगठन संरचनामा सुधार गर्ने प्रतिवेदन तयार भई कार्यान्वयनका लागी अर्थ मन्त्रालय पठाउने चरणमा रहेको छ ।

प्राधिकरणबाट नियमित रुपमा प्रवाह हुने सेवाहरु विगत भन्दा छिटो प्रभाव भइरहेको सेवाग्राहीले पनि महशुस गरिरहेका छन् ।

प्राधिकरणले ⁠विदेशी मुद्रा अपचलनको जोखिम कम गर्न पुर्नबीमाको निस्सा अनिवार्य बुझाउनु पर्ने व्यवस्था पनि गरिसकेको छ ।

यसरी प्राधिकरण अध्यक्षले तीन महिनाको छोटो अवधिमै करिब एक दर्जन नयाँ काम सुरु गरिसकेको र आउँदा दिनमा थप प्रभावकारी बन्दै समग्र बीमा क्षेत्रको विकास र विस्तारमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

2