Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल

डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल
अ+ अ-

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नु पर्नेमा जोड दिनु भएको छ।

सञ्चारिका समूह नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तर्क्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाको दोहोरो जिम्मेवारी रहेको बताउनु भयो।

मन्त्री खरेलले भन्नुभयो,“म पत्रकार महिला साथीलाई आग्रह गर्न चाहन्छु, तपाईंहरूको दोहोरो जिम्मेवारी छ। पहिला आफू सुरक्षित रहने र यस क्षेत्रलाई सुरक्षित राख्ने’ पनि दायित्व छ। त्यसैले हाम्रा कन्टेन्ट, स्टोरी र एडभोकेसी कम्तिमा डिजिटल हिंसाबाट मुक्त गर्ने किसिमको हुनु पर्यो।”

सञ्चारमन्त्री खरेलले अहिले लैंगिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसा विरुद्धका अभियान सञ्चालन गर्न जरुरी भएको उल्लेख गर्नु भयो। “तपाईं परिवारमाझ हुनु हुन्छ, आफू सुरक्षित रहेको अनुभूति गर्नु हुन्छ, तर तपाईंको मोबाइलमा आइरहेका सामाजिक सञ्जालका विभिन्न सामग्रीले तपाईंलाई असुरक्षित महसुस गराउनसक्छ। त्यसैले डिजिटल माध्यमबाट हुने हिंसाको बहस सुरु गर्नु अपरिहार्य छ। किनकी प्रविधिले सहजतासँगै त्रास पनि ल्याएको छ, यसको सहि सदुपयोग गरिनु पर्छ।”

मन्त्री खरेलले देश र समाज विस्तारै समतालाई आत्मसात् गर्दै समानताको बाटोमा अघि बढिरहेको तथा आज हरेक हिसाबले महिलाहरू राजनीतिक, निजामती, पत्रकारितामा तथा समाजका विभिन्न पद र प्रतिष्ठामा आइराख्दा यसले ठुलो अर्थ दिने उल्लेख गर्नुभयो।

सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटको संयोजको प्रसङ्ग जोड्दै अगाडि थप्नुभयो,“संयोगले त्यो भेटघाटको चाजोपाँजो मिलाउने सन्दर्भमा दुई ऐतिहासिक व्यक्तित्वसँग अन्तरङ्ग कुराकानी भयो। त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘थाहा छ जगदीशजी तपाईंहरू पुरुष, हामी महिला। तपाईंले एउटा सिन्को भाच्दा, हामीले तीन वटा सिन्का भाच्नुपर्छ, हामी त्यति दुःख गरेर आएका छौँ, त्यसमा नेपाली महिलाहरूले आफ्नो करियरका लागि जिन्दगीमा गरेको सङ्घर्षको प्रतिक हो।”

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावना अनुरूप सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि तीब्रताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले भ्रष्ट्राचार र अनियमिततासम्बन्धी ठुला प्रकृतिका २५ भन्दा बढी फाइल सरकारले अगाडि बढाइसकेको जानकारी दिनुभयो।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले पछिल्लो समय डिजिटल हिंसा बढिरहेको भन्दै यसको न्युनीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औंल्याउनुभयो। उहाँले लैंगिक हिंसा मानवअधिकारको बाधक भएको बताउनुभयो।

सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीले डिजिटल हिंसा विरुद्ध सञ्चार माध्यमको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) का अध्यक्ष रामकला खड्का र प्रेस काउन्सिल नेपालका सदस्य नीमा काफ्लेलगायतले कार्यस्थलको हिंसा कायमै रहेको र डिजिटल हिंसा पनि बढिरहेको उल्लेख गर्नुभयो।

2