Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

एकल अंकले घटेको सेयर बजारमा पौने चार अर्बको कारोबार

एकल अंकले घटेको सेयर बजारमा पौने चार अर्बको कारोबार
A A+ A-

काठमाडौँ- साताको चौथो कारोबार दिन आज (बुधबार) सेयर बजार एकल अंकले घटेको छ।

यो साताको पहिलो र दोस्रो कारोबार दिनमा घटेको सेयर बजार हिजो (मंगलबार) तेस्रो कारोबार दिनमा भने ७.३९ अंकले बढेको थियो। आज (बुधबार) भने पुन: सेयर बजारले ओरालो यात्रा समात्यो।

आज नेप्से ५.०३ अंकले घटेको छ। ०.१९ प्रतिशतले घटेको नेप्से २६०९.०३ विन्दुमा रोकिएको छ। आइतबार २१.४८ अंकले घटेको नेप्से सोमबार पनि ३.०२ अंकले घटेको थियो। मंगलबार भने ७.३९ अंकले बढेर नेप्से २६१४.०७ विन्दुमा अडिएको नेप्से आज पुन: ओरालो लागेको हो।

आजको दिनमा सेन्सिटिभ इन्डेक्स पनि ०.८६ अंकले घटेर ४४६.१८ विन्दुमा रोकिएको छ। आज ३२९ कम्पनीको ९१ हजार ३९४ पटकको कारोबारमा ८६ लाख ४७ हजार ९४८ कित्ता सेयर किनबेच भए। जसमा आज तीन अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ रुपैयाँबराबरको कारोबार भयो।

सेयर बजारमा बुधबार ८० कम्पनीको मात्र मूल्य बढ्दा १६९ वटाको घट्यो। नौवटा कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो।

नेप्सेमा आइतबार पाँच अर्ब ३३ करोड ४४ लाख १५ हजार ३३१ रुपैयाँ‚ सोमबार चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ रुपैयाँ र मंगलबार तीन अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ रुपैयाँबराबरको कारोबार भएको थियो।

नेप्सेमा आज उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोष समूहका सूचक मात्र बढे। बाँकी ११ वटा समूह राताम्मे बने। सेयर बजारमा बुधबार ८० कम्पनीको मात्र मूल्य बढ्दा १६९ वटाको घट्यो। नौवटा कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो।

आज स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। आज सबैभन्दा बढी झापा इनर्जी लिमिटेडका लगानीकर्ताले सेयरमूल्य गुमाए।

यसैगरी आज पनि सबैभन्दा धेरै श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको सेयर कारोबार भएको छ। श्रीनगरको २६ करोड ३९ लाख ४२ हजार ८४३ रुपैयाँबराबरको सेयर कारोबार भयो। जसको अन्तिम सेयर मूल्य ८३० रुपैयाँ कायम रह्यो। कारोबार भएका सेयर सङ्ख्याका आधारमा पनि ङादी ग्रुप पावर लिमिटेडको नै अगाडि रह्यो। यसको चार लाख २१ हजार ७२५ कित्ता सेयर किनबेच भयो। https://nepalnews.com/2025/12/10/trading-volume-of-rs-4-5-billion-in-the-stock-market-decreased-by-single-digits/

2