Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रेसुङ्गामा ७३ लाखभन्दा बढी राजस्व सङ्कलन

रेसुङ्गामा ७३ लाखभन्दा बढी राजस्व सङ्कलन
अ+ अ-

गुल्मी- गुल्मीको रेसुङ्गा नगरपालिकाले ७३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । यस नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो चौमासिकसम्म आन्तरिक राजस्व ७३ लाख आठ हजार ११४ रुपियाँ ८६ पैसा सङ्कलन गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो ।

चालु आवको पहिलो चौमासिक कात्तिक मसान्तसम्मको प्रगति सार्वजनिक गर्नुहुँदै उहाँले यस नगरपालिकाले विभिन्न १६ शिर्षकमा राजस्व सङ्कलन गरिएको बताउनुभयो । यहाँ एक करोड ९८ लाख आन्तरिक राजस्व सङ्कलन गर्ने अनुमान गरिएकोमा ३६ दशमलव ९१ प्रतिशत राजस्व सङ्कलन भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत पल्लीका अनुसार सम्पति करबाट छ लाख ८५ हजार ४७० रुपियाँ ७५ पैसा, वहाल करबाट सात लाख ५० हजार ८२ रुपियाँ ५७ पैसा, वहाल विटौरी करबाट दुई हजार रुपियाँ, सवारी साधन कर (साना सवारी) बाट ३१ हजार, अन्य करबाट एक लाख चार हजार १५६ रुपियाँ ७५ पैसा राजस्व सङ्कलन भएको छ ।

अन्य सेवा शुल्क तथा बिक्रीबाट ६१ हजार ७१२ रुपियाँ ५० पैसा, शिक्षा क्षेत्रको आम्दानीबाट एक हजार ६०० रुपियाँ, अन्य प्रशासनिक सेवा शुल्क आठ लाख ६७ हजार ७२९ रुपियाँ, नक्सापास दस्तुरबाट चार लाख २६ हजार ११८ रुपियाँ २९ पैसा, सिफारिस दस्तुरबाट १० लाख नौ हजार ५२५ रुपियाँ, व्यक्तिगत घटना दर्ता दस्तुरबाट दुई लाख आठ हजार ७०० रुपियाँ सङ्कलन भएको हो ।

त्यसैगरी नाता प्रमाणित दस्तुरबाट ३४ हजार रुपियाँ, अन्य दस्तुरबाट पाँच हजार ६२० रुपियाँ, व्यावसाय रजिष्ट्रेशन दस्तुरबाट २९ लाख १५ हजार ५०० रुपियाँ, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट चार हजार ९०० रुपियाँ र अन्य राजस्व दुई लाख रुपियाँ सङ्कलन भएको रेसुङ्गा नगरपालिकाको राजस्व शाखाले जनाएको छ ।

2