काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपियाँ ३२ पैसा र बिक्रीदर १४४ रुपियाँ ९२ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १६९ रुपियाँ ०८ पैसा र बिक्रीदर १६९ रुपियाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९२ रुपियाँ ३९ पैसा र बिक्रीदर १९३ रुपियाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८१ रुपियाँ ०८ पैसा र बिक्रीदर १८१ रुपियाँ ८३ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपियाँ ४९ पैसा र बिक्रीदर ९५ रुपियाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०४ रुपियाँ ६५ पैसा र बिक्रीदर १०५ रुपियाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ६८ पैसा र बिक्रीदर ११२ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपियाँ २८ पैसा र बिक्रीदर नौ रुपियाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपियाँ ४९ पैसा र बिक्रीदर २० रुपियाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४८ पैसा र बिक्रीदर ३८ रुपियाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४९ पैसा र बिक्रीदर ३९ रुपियाँ ६५ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २९ पैसा र बिक्रीदर ३९ रुपियाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ३० पैसा र बिक्रीदर ३५ रुपियाँ ४५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ७५ पैसा र बिक्रीदर नौ रुपियाँ ७९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ४५ पैसा र बिक्रीदर १५ रुपियाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६३ पैसा र बिक्रीदर २२ रुपियाँ ७२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपियाँ ५५ पैसा र बिक्रीदर १८ रुपियाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपियाँ १९ पैसा र बिक्रीदर ४७२ रुपियाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ ७९ पैसा र बिक्रीदर ३८४ रुपियाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ८५ पैसा र बिक्रीदर ३७६ रुपियाँ ४१ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।