Logo

मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्छ : उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । गोरखापत्र संस्थानको आयोजनामा भएको ‘गोरखापत्र डिस्कोर्स’को उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो ।

‘‘मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने आवश्यकाता छ’’, कार्यक्रम उद्घाटन समारोहमा शुभकामना दिनुहुँदै उपराष्ट्रपति यादवले भन्नुभयो ।

उहाँले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले बैङ्क तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई आर्थिक विकासमा लगाउनुसपर्नेमा समेत जोड दिनुभएको छ । उपराष्ट्रपति यादवले कृषि र पर्यटनमा लगानी बढाएमा आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले गोरखापत्रले आयोजना गरेको बहसले सरकार, नीति निर्माता र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउन सहायक सिद्ध बनेको बताउनुभयो ।