Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सङ्कटपछि पर्यटन क्षेत्रमा उत्साव बढेको छ : अर्थमन्त्री खनाल

सङ्कटपछि पर्यटन क्षेत्रमा उत्साव बढेको छ : अर्थमन्त्री खनाल
अ+ अ-

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक सङ्कटपछि नेपालको पर्यटन क्षेत्रमा उत्साह बढेको बताउनुभएको छ । गोरखापत्र संस्थानको गोरखापत्र डिस्कोर्स उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले यस्तो बताउनुभएको हो ।

‘‘नेपालको इतिहासमा सर्वाधिक पर्यटक आगमन अक्टोबर २०२५ मा भएको छ । अंग्रेजी वर्षको अन्तिमा आइपुग्दा यो वर्षकै सबैभन्दा बढी पर्यटनको आगमन होला कि जस्तो भएको छ’’, अर्थमन्त्री खनालले भन्नुभयो, ‘‘यो तथ्याङ्क हेरेपछि नेपाल जुनसुकै सङ्कटबाट पनि पुनउत्थानमा चाँडै जान्छ भन्ने ठानेको छु ।’’

उहाँले गोरखापत्र संस्थानले आयोजना गरेको आर्थिक परिसंवादको कार्यक्रमले आगामी दिनमा लिनुपर्ने नीतिको खाका तयार हुने आशासमेत व्यक्त गर्नुएको छ ।

उहाँले सरकारको कच्चा पदार्थको आयातको तथ्याङ्कले उत्पादन बढेको र उपभोग्य वस्तुको आयतले उपभोग र आयात बढेको जानकारी गराउनुभयो । भदौ महिनामा थोरै ह्रास भए पनि असोज, कात्तिक र मङ्सिरमा आइपुग्दा कर र राजस्व वृद्धि भएको उहाँले प्रष्ट पार्नुभयो । उपभोग र उत्पादन एक हदसम्म बढ्दै गएको उहाँको विश्वास छ ।

उहाँले दुई दिन अगानी चिनियाँ लगानी कर्ताको सम्मेलनमा सहभागी भएको जानकारीसमेत गराउनुभयो । उहाँले अन्तरिम सरकारले गरेका सुधारको प्रशंसा गर्दै चिनियाँ लगानीकर्ता लगानी गर्न उत्साहित भएको बताउनुभयो ।

‘‘सङ्कटपछि लगानीको वातावरण सुधार भएको छ । उत्पादनशील गतिविधि बढाउनका निम्ति पर्याप्त काम नभएको महसुस मैले गरेको छु । हामीले यसको समाधानसमेत सोधेका छौँ’’, उहाँले भन्नुभयो ।

सरकारले अधिक तरलता र विदेशी मुद्राको सञ्चयलाई उत्पादन र रोजगारी वृद्धिमा काम गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, ‘‘हामीले अधिक तरला विदेशी मुद्राको सञ्चयलाई उत्पादन र रोजगारी वृद्धिमा काम गर्नुपर्छ भन्ने सोचमा छौँ ।’’

2