Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

‘निजी क्षेत्रको उचित मूल्याङ्कन भएन’

‘निजी क्षेत्रको उचित मूल्याङ्कन भएन’
अ+ अ-

ललितपुर- नेपालको आन्तरिक रोजगारीको झन्डै ८० प्रतिशत योगदान निजी क्षेत्रको भए पनि सरकारबाट उचित मूल्याङ्कन हुन नसकेको गुनासो गरिएको छ । गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा बिहीबार ललितपुरमा आयोजना गरिएको गोरखापत्र डिस्कोर्समा सहभागी निजी क्षेत्रका प्रतिनिधिले यस्तो गुनासो गर्नुभएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक रोजगारीको ठुलो हिस्सा योगदान गर्दै आएका निजी उद्योग र प्रतिष्ठान पटक पटकका आन्दोलनको निसानामा पर्ने भएकाले उच्च मनोबलसाथ काम गर्ने वातावरण बन्न नसकेको बताउनुभयो ।

एउटा उद्योगीको व्यवसाय प्रतिष्ठानसँग जोडिएका कर्मचारी रोजगारी र बैङ्कको करोडौँ, अर्बौं ऋण लगानीमा पटक पटक आगजनी हुँदा पनि व्यवसायी त्यो छोडेर निस्कन सक्ने अवस्था नहुने भन्दै उहाँले भन्नुभयो, “उद्योग र प्रतिष्ठान आन्दोलनकारीका निसाना बनाउन नपाइने कानुनी व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाको ध्यानाकर्षण गराउँछु ।”

फोब्र्स ३० अन्डर ३० अर्बान गर्ल निकिता आचार्यले नेपालमा ससाना उद्योग प्रतिष्ठानमा स्वरोजगार बन्नका लागि सहज वातावरण नबनेको गुनासो गर्नुभयो । नेपालमा रातारात नीति परिवर्तन हुने भएकाले यस क्षेत्रमा नवयुवा आएर टिक्न सक्ने अवस्था अझै बन्न नसकेको उहाँको भनाइ छ ।

यस्तै उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले नेपालमा उद्योग प्रतिष्ठानका लागि आवश्यक दक्ष र प्राविधिक जनशक्ति अभाव हुँदा यस विषयमा अध्ययन सुरु गरेको जानकारी दिनुभयो ।

नेपालको निर्माण, कृषि क्षेत्रदेखि विभिन्न कालिगडसम्म भारतीय श्रमिकको भरमा रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “यी क्षेत्रमा आवश्यक पर्ने जनशक्ति तयार गर्ने गरी काम गरेका छौँ ।”

2