Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

‘देवघाटमा जलविद्युत् बनाउन उपयुक्त’

‘देवघाटमा जलविद्युत् बनाउन उपयुक्त’
A A+ A-

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तीर्थस्थल देवघाटनजिक जलविद्युत् आयोजना बनाउन उपयुक्त हुने बताउनुभएको छ । चितवन उद्योग वाणिज्य सङ्घले शनिबार नारायणगढमा आयोजना गरेको छलफलमा मन्त्री घिसिङले देवघाट क्षेत्रलाई नडुबाउने गरी सप्तगण्डकी जलविद्युत् आयोजना बनाएर त्यसभन्दा माथिल्लो तटीय क्षेत्रमा बन्ने बुढीगण्डकी, तनहुँ जस्ता जलाशययुक्त आयोजनाको लाभ लिनुपर्ने धारणा राख्नुभएको हो ।

नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा हुने कटान, चितवन, नवलपरासी क्षेत्रको समग्र विकासका लागि २२५ मेगावाटको सप्तगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्नुपर्ने उहाँले बताउनुभएको हो । “नदीबाट हुने कटान तथा डुबानको दीर्घकालीन नियन्त्रणका लाथि माथिल्लो तटीय क्षेत्रमा जलाशययुक्त आयोजना निर्माण गरी एकीकृत नदी बेसिन व्यवस्थापन योजना अगाडि बढाउनु पर्छ,” उहाँले भन्नुभयो, “नारायणी नदीका सहायक नदीहरू सेती, बुढीगण्डकी कालीगण्डकीमा बन्ने जलाशययुक्त आयोजनामा वर्षायामको पानी जम्मा गर्ने र हिउँदमा नियन्त्रित पानी पाउने हुँदा बाढी नियन्त्रण गर्ने, कृषि, जल यातायातमार्फत लाभ लिन सकिन्छ ।”

चितवन, तनहुँ र नवलपरासीको सिमानामा बग्ने नारायणी नदीमा सप्तगण्डकी बहुउद्देश्यीय जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहायतामा सन् १९८५ मा गरिएको थियो । आयोजनाको बाँध त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटभन्दा करिब एक किलोमिटर तल बन्ने छ । अध्ययनबाट धार्मिक महत्वको देवघाटधाम डुब्ने देखिएको थियो ।

“बाँधको उचाइ केही घटाएर देवघाट क्षेत्रलाई नडुब्ने तथा अझै सुन्दर बनाउने गरी आयोजनाको विकास गर्न सक्छौँ,” उहाँले भन्नुभयो, “बहुउद्देश्यीय लाभ हासिल गर्ने गरी उक्त आयोजना निर्माण गर्न सकिएमा बहुउद्देश्यीय लाभ लिँदै यस क्षेत्रको विकासमा अर्को माइलस्टोन हुने छ ।” बाँधको उचाइ घटाएर धाममा पुग्ने क्षतिलाई न्यूनीकरण गरी आयोजना अगाडि बढाउन सकिने घिसिङले उल्लेख गर्नुभयो । देवघाटमा जलाशय बनाएर विद्युत् उत्पादन र पानीबाट चितवन र नवलपरासीमा सयौँ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउन सकिने छ ।

विश्वका कैयौँ मुलुकले कुनै एउटा क्षेत्रलाई नमुना सहरका रूपमा विकास गरी त्यसको अनुसरण अन्य ठाउँमा गरेको उदाहरण दिँदै मन्त्री घिसिङले प्रचुर सम्भावना बोकेको भरतपुरलाई आधुनिक सहरका रूपमा विकास गरेर जानुपर्ने बताउनुभयो । उहाँले भरतपुर, बुटवल र पोखरालाई हरित त्रिभुज आर्थिक क्षेत्रका रूपमा विकास गर्न विद्युत् प्रसारण तथा वितरण लाइन सुधार एवं विस्तारमा ठुलो लगानी हुन लागेको जानकारी दिनुभयो । सङ्घका तर्फबाट देवघाट क्षेत्रका धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गरिनुपर्ने, चितवनमा भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्तिको सुनिश्चित गरिनुपर्ने, नदी कटान रोक्न तटबन्द निर्माण गरिनुपर्ने, शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण छिटो अगाडि बढाउनुपर्नेलगायतका माग राखिएको थियो ।

2