udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

औषधी कम्पनीले साधारण शेयर बिक्री गर्दै

औषधी कम्पनीले साधारण शेयर बिक्री गर्दै
A A+ A-

काठमाडौँ – साधारण शेयर बिक्रीको प्रक्रियामा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अण्डरराईटिग ९धितोपत्र प्रत्याभूति०का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ । एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबीच सो सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

एलिटले कान्तिपुरको रु १७ करोड बराबरको १७ लाख कित्ता साधारण शेयरको प्रत्याभूति गरेको हो । यससम्बन्धि सम्झौतामा मंगलवार कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गर्नुभयो । कान्तिपुर फर्मास्यूटिकल्सले शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

कूल रु ६३ करोड चुक्तापुजी भएको सो कम्पनीले अंकित मूल्य रू १०० मा १७ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । सन् २०१८ मा स्थापित भएको यस कम्पनीले भेटेरिनरी सम्बन्धीे औषधिको अनुसन्धान तथा पशुपंछीका लागि आहारपुरक सप्लिमेन्टस् उत्पादन तथा बिक्री वितरण गरिरहेका छन् ।

हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ । जसमध्ये १३ वटा औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । अन्य औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरूको समेत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action