Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

निर्यात बढे पनि मुलुकलाई छैन फाइदा

निर्यात बढे पनि मुलुकलाई छैन फाइदा
अ+ अ-

काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउन–मङ्सिर) मा मुलुकबाट हुने निर्यात ५८.१७ प्रतिशतले बढेर सवा खर्ब नाघेको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाँच महिनामा निर्यात बढेर एक खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा निर्यात ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपियाँको निर्यात भएको थियो ।

निर्यातमा आएको यस्तो उछालले तथ्याङ्कमा सुधार देखाए पनि वास्तविकता भने भिन्न छ । नेपालको निर्यातमा सबैभन्दा धेरै भटमासको तेलले योगदान पु¥याएको छ । विभाग अनुसार पाँच महिनामा नेपालबाट सबैभन्दा धेरै ४६ अर्ब ५५ करोड रुपियाँ बराबर भटमासको तेल निर्यात भएको छ तर सोही अवधिमा नेपालले ४६ खर्ब ९७ अर्ब रुपियाँ बराबरको कच्चा भटमास आयात गरेको छ ।

मुलुकभित्र खासै उत्पादन नहुने भटमास नै नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा देखिन्छ । नेपालले अर्जेन्टिना, ब्राजिल जस्ता दक्षिण अमेरिकी मुलुकबाट कच्चा भटमासको तेल ल्याउने र यहाँ प्रशोधन गरेर भारतमा निर्यात गर्छ ।

भारतमा कच्चा भटमासको तेलको भन्सार महसुलका कारण व्यापारीले नेपाललाई प्रशोधन गर्ने स्थानका रूपमा उपयोग गरिरहेका छन् । भारतसँगको व्यापार सम्झौता र साफ्टाको व्यापार सुविधा अन्तर्गत नेपालबाट न्यून भन्सारमा भारतमा निर्यातको सुविधा छ । त्यसैलाई उपयोग गर्दै भारतमा भन्सार महसुल बढ्दा नेपालमा प्रशोधन गरेर भारतमा लैजाने प्रचलन बढ्दो छ । यसअघि पाम तेलमा पनि यस्तै सुविधा व्यापारीले प्रयोग गरेका थिए ।

व्यापारविज्ञ रविशङ्कर सैँजूले भटमासको कच्चा पदार्थ आयात गरी प्रशोधन गरी निर्यात गर्दा तत्कालका लागि निर्यात बढे पनि दिगो नहुने बताउनुभयो । निर्यातलाई दिगो बनाउन स्वदेशमै उत्पादन भएका वस्तुको निर्यात बढ्नुपर्ने उहाँको भनाइ छ । यस्तै समीक्षा अवधिमा पाँच अर्ब ५३ करोड रुपियाँको अलैँची निर्यात भएको छ । चार अर्ब १३ करोड कार्पेट, तीन अर्ब ७३ करोड सूर्यमुखी तेल र दुई अर्ब ७३ करोड रुपियाँ बराबरको जुट निर्यात भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै पाँच महिनामा आयात १५.८३ प्रतिशतले बढेर सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा छ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपियाँको भएको थियो । गत आवको पाँच महिनाको तुलनामा चालु आवको पाँच महिनामा आयातनिर्यात दुवैमा सुधार आएको तथ्याङ्कले देखाएको छ ।

पाँच महिनामा आयातनिर्यात दुवैमा वृद्धि भए पनि व्यापार घाटासमेत १०.५२ प्रतिशतले बढेर छ खर्ब ४९ अर्ब ६८ करोड १५ लाख रुपियाँ पुगेको छ । पाँच महिनामा कुुल वैदेशिक व्यापार २० प्रतिशतले बढेर आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपियाँ पुगेको छ ।

पाँच महिना सबैभन्दा धेरै ४६ अर्ब ९७ करोड १४ लाख रुपियाँ बराबरको भटमासको तेलको कच्चा पदार्थ आयात भएको छ । यस्तै ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार रुपियाँको डिजेल, २७ अर्ब ३३ करोड २१ लाख रुपियाँको पेट्रोल र २२ अर्ब ३९ करोड ४६ लाख ६३ हजार रुपियाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ । यस्तै १९ अर्ब १३ करोड ६९ लाख ५२ हजार रुपियाँको स्मार्ट फोन र १५ अर्ब सात करोड ११ लाख रुपियाँको सुन आयात भएको छ ।

पाँच महिनामा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट चार खर्ब ३४ अर्बको वस्तु आयात भएकोमा निर्यात ९५ अर्ब बराबर रहेको छ । भारतबाट ठुलो परिणाममा आयात भए पनि सो अनुपातमा निर्यात कम हुँदा तीन खर्ब ३९ अर्ब २२ करोड १३ लाख रुपियाँ व्यापार घाटा रहेको छ । यस्तै चीनबाट एक खर्ब ६३ अर्बको आयात हुँदा निर्यात भने ४६ करोड बराबर मात्र भएको छ । चीनमा न्यून परिणाममा निर्यात हुँदा एक खर्ब ६३ अर्ब २६ करोड ८० लाख रुपियाँ व्यापार घाटा रहेको छ ।नेपालले विभिन्न १४४ वटा मुलुकसँग वैदेशिक व्यापार गर्ने गरेको छ ।

2