Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

पदमार्गले जोडिए पर्यटकीय क्षेत्र

पदमार्गले जोडिए पर्यटकीय क्षेत्र
A A+ A-

बागलुङ- अव्यवस्थित सडक खन्दा पहिरोको जोखिम बढेपछि पश्चिम बागलुङको निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रलाई पदमार्गले जोडेको छ । निसीखोला–१, देवीस्थानमा पर्ने पर्यटकीय गन्तव्य हर्पे र धुवाँकोटलाई पदमार्गले जोडिएको हो ।

पर्यटकीय गन्तव्यलाई पदमार्गले जोड्ने, भएका सडक स्तरीय बनाएर बाढीपहिरोको प्रकोप न्यूनीकरण गर्ने लक्ष्यले काम भइरहेको निसीखोला–१ का वडाध्यक्ष चन्द्रसिंह रामजालीले बताउनुभयो । देवीस्थानदेखि हर्पे, धुवाँकोट जाने पदमार्ग स्थानीयले खनीखोस्री गरेर निर्माण गरेका हुन् । पदमार्गमा स्थानीय ढुङ्गा छापिएको छ । वडाध्यक्ष रामजालीले नौ लाख रुपियाँको लागतमा बनेको पदमार्गले धुवाँकोट आउजाउमा सहज बनेको बताउनुभयो । त्यस्तै देवीस्थानदेखि हुल्दी, ठुलो नाङ्गी जाने पदमार्ग सात लाख रुपियाँको लागतमा व्यवस्थित बनाइएको छ । पदमार्ग निर्माणमा वडा र पालिकाले लगानी गरेको हो । रामजालीले भन्नुभयो, “बिरामीलाई समयमा स्वास्थ्य संस्थामा लैजान सडक स्तरीय चाहिन्छ । त्यो यहाँ अभाव छ । कम्तीमा परम्परागत बाटोघाटोलाई सिँढीमार्गबाट भए पनि जोडेर नजिक बनाउने, बर्सातमा पनि सुरक्षित बनाउने काम गरेका छौँ । अत्यावश्यक पर्दा बिरामीलाई बोकेरै स्वास्थ्य संस्था लैजान सिँढीमार्गले सहज बनाएको छ ।”

निसीखोला सदरमुकामदेखि निकै टाढा र विकटको गाउँपालिका हो । ग्रामीण बस्ती, दलित र जनजातिको बाहुल्य, शिक्षा र स्वास्थ्यबाट निकै पछाडि परेको गाउँपालिका भएकाले यहाँ विकासका धेरै योजना आवश्यक रहेको रामजालीको भनाइ छ । सानो पुँजी, पालिकाको सीमित स्रोतसाधनले विकासमा फड्को मार्न धेरै कठिन रहेको उहाँको बुझाइ छ ।

निसीखोलाका अधिकांश भूगोल पर्यटकीय क्षेत्रले समेटेको छ । पातिहाल्ने बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमानामा पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको ‘हब’ बन्दै गएको छ । पातिहाल्नेमा हाल केही होटेल मात्रै छन् । आवश्यक पूर्वाधार बनेपछि मात्र यो क्षेत्र पर्यटकीय ‘हब’ बन्ने छ । त्यसबाहेक रिगताल, तिलाचन, बुकी, गुमसेरा र ढोरपाटनतर्फको टीकाचुली पर्यटकीय क्षेत्र हुन् । ती क्षेत्रमा लगानी बढाएर पर्यटक भित्र्याउने अभियानमा चासो राखेको निसीखोला–६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले बताउनुभयो ।

मध्यपहाडी लोकमार्ग निर्माणले बागलुङको निसीखोलादेखि रुकुमको भुमे जोडिएको छ । दुई जिल्ला, दुई प्रदेशसँगै लुम्बिनी र कर्णालीका अधिकांश जिल्लाको पोखरा र काठमाडौँसँगको पहुँच विस्तार भएको छ । रुकुम, दैलेख, जाजरकोट, रोल्पा, सल्यान, डोल्पाको सिधा पहुँच बागलुङबाट बढेकाले पर्यटनबाट ठुलो फाइदा लिन सकिने बुढामगर बताउनुहुन्छ । निसीखोला–६ का वडाध्यक्ष दीपक कुँवर ढोरपाटनमा घुम्न आउने पर्यटकलाई नरसिङकोट लैजान सके यो क्षेत्रको प्रवर्धनसँगै स्थानीयले लाभ लिन सक्ने सम्भावना रहेको बताउनुहुन्छ ।

2