Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

टिचिङ अस्पतालले माघ १ गते देखि बिमाका सम्पूर्ण सेवा बन्द गर्ने

टिचिङ अस्पतालले माघ १ गते देखि बिमाका सम्पूर्ण सेवा बन्द गर्ने
अ+ अ-

काठमाडौँ- त्रिवि शिक्षण अस्पताल(टिचिङ)ले माघ १ गते देखि स्वास्थ्य बिमाको सम्पूर्ण उपचार सेवा बन्द गर्ने भएको छ ।

टिचिङ अस्पतालले सूचना जारी गर्दै माघ १ गते देखि सम्पूर्ण अस्पतालमा स्वास्थ्य बिमाको सम्पूर्ण उपचार बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

स्वास्थ्य बीमा बोर्डले उपचार गर्दाको रकम उपलब्ध नगराएको भन्दै अस्पतालले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य बिमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर बोर्डले रकम उपलब्ध नगराउँदा घाटा भएको अस्पतालले सूचनामा उल्लेख गरेको छ ।

‘अस्पतालमा आउने बिरामी को उपचारको क्रममा बिमा बोर्डको र अस्पतालको दररेट शुल्क फरक भएको र अस्पतालले बारम्बार अस्पताको रकमलाई अन्तिम रकम मानिदिनु भनी विगत दुई वर्ष देखि आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको साथै आफ्नो आन्तरिक श्रोतबाट अस्पतालले सम्पूर्ण दैनिक खर्च व्यहोर्नु पर्ने हुँदा मासिक दुई करोड घाटा खाएर बिमा कार्यक्रम सञ्चालन गर्न असमर्थ भएकोले अस्पतालले यस्तो निर्णय गरेको हो ।’सूचनामा उल्लेख छ

मासिक झण्डै पाँच करोड हाराहरीको खर्च हुनेमा बोर्डबाट ५० प्रतिशत मात्र दावी स्वीकृत गरी बाँकी अस्वीकृत गरिदैँ आएको अस्पतालको आरोप छ । अस्पतालका अनुसार हालसम्म अस्पतालको बिमा दावी रकम झण्डै ४० करोड भुक्तानी बाँकी छ ।

अस्पतालले २०७७ साल देखि स्वास्थ्य बिमा उपचार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

2