Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ऊर्जा क्षेत्रमा गरेको काम नेपालका लागि सफल मोडेल हो : अध्यक्ष घिसिङ

ऊर्जा क्षेत्रमा गरेको काम नेपालका लागि सफल मोडेल हो : अध्यक्ष घिसिङ
अ+ अ-

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले गरेको काम नेपालका लागि सफल मोडेलका रूपमा स्थापित भएको दाबी गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले ऊर्जा क्षेत्रमा हासिल गरिएको आत्मनिर्भरताले अन्य क्षेत्रका लागि पनि मार्गदर्शन गर्न सक्ने बताउनुभयो । उहाँले मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै घर–घरमा रोजगारी सिर्जना गर्नु उज्यालो नेपाल पार्टीको प्रमुख प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष घिसिङले कृषि, खानेपानी र रोजगारीका क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले हाल देश परनिर्भरतातर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल भए पनि अन्य क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताउनुभयो ।

उहाँले मुलुकको समग्र विकासका लागि स्पष्ट रोडम्यापसहित पार्टीको घोषणा पत्र छिट्टै सार्वजनिक गरिने जानकारी पनि दिनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले भन्नुभयो, “नेपालको ऊर्जा क्षेत्रमा मैले गरेको काम एउटा मोडेलका रूपमा स्थापित भएको छ । अब हरेक घर–घरमा रोजगारी सिर्जना हुनुपर्छ । हरेक व्यक्ति सम्पन्न हुनुपर्छ । देशलाई आत्मनिर्भर बनाउनुपर्छ । आज देश परनिर्भरतातर्फ अगाडि बढिरहेको छ । हामीले ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्‍यौँ, तर कृषि लगायत अन्य अधिकांश क्षेत्रमा अझै आत्मनिर्भर हुन सकेका छैनौँ । कृषिमा आज हामीले धेरै वस्तु आयात गरेर खानुपर्ने अवस्था छ । त्यसकारण आर्थिक रूपमा आत्मनिर्भर नेपाल निर्माण गर्न, देशभित्रै रोजगारी सिर्जना गरी हरेक नागरिकको अनुहारमा उज्यालो ल्याउन उज्यालो नेपाल पार्टीलाई मतदान गर्नुहोस् ।”

अध्यक्ष घिसिङले यातायात, शिक्षा, स्वास्थ्य तथा विद्युत् सेवा समेत निःशुल्क उपलब्ध गराउने दीर्घकालीन भिजन आफूहरूसँग रहेको दाबी पनि गर्नुभयो ।

2