Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सामाजिक सुरक्षा कोषमा एक खर्ब बत्तिस अर्ब

सामाजिक सुरक्षा कोषमा एक खर्ब बत्तिस अर्ब
अ+ अ-

काठमाडौँ- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा एक खर्बभन्दा रुपियाँभन्दा बढी रकम सङ्कलन भएको छ । राष्ट्रिय कल्याणकारी कोषको समेत गर्दा कोषमा एक खर्ब ३२ अर्ब रहेको छ । कोषले सोमबार विज्ञप्तिमार्फत कोषका योजना कार्यान्वयन आएको छ वर्ष सात महिनामा अवधिमा १०१ अर्ब २८ करोड रुपियाँ सङ्कलन भएको जनाएको हो ।

कोषका अनुसार उक्त रकम औपचारिक क्षेत्रका छ लाख ७१ हजार, वैदेशिक रोजगारीमा गएका करिब २० लाख र अनौपचारिक र स्वरोजगारमा रहेका करिब एक हजार छ सय श्रमिक वा व्यक्तिबाट सङ्कलन भएको छ । कोषका सूचना अधिकारी डा. रोशन कोजूले कोषका विभिन्न योजनाबाट सङ्कलन भएको उक्त रकम दाबी भुक्तानी, अवकाश भुक्तानी र पेन्सनसमेत गरी करिब १८.५ अर्ब भुक्तानी भइसकेको जानकारी दिनुभयो ।

कोषले योगदानकर्ताको मागबमोजिम सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ को पहिलो संशोधन गरेको छ । संशोधित प्रावधान अनुसार योगदानकर्ता सापटी लिनका लागि योगदानकर्ताले कम्तीमा ३६ महिनाको योगदान हुनुपर्ने अविधिलाई विशेष सापटीका लागि १२ महिना र धितोमा आधारित सापटीका लागि १८ महिना योगदान गरेका योगदानकर्ताले पनि सापटी सुविधा लिन सक्ने गरी संशोधन गरेको छ ।

कोषले औपचारिक क्षेत्रबाट लागु भएका योजना, अनौपचारिक क्षेत्र, वैदेशिक रोजगारीका क्षेत्र र स्वरोजगारका क्षेत्र हुँदै गएको वैशाख १ देखि सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारीसमेत सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने गरी कोषले दायरा विस्तार गरेको छ । यस अवधिसम्म ९१ स्थानीय तह र ३८ सार्वजनिक निकायले आफ्ना कर्मचारी कोषमा आबद्ध गरिसकेको जनाइएको छ ।

2