Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भित्रियो सवा आठ अर्ब वैदेशिक लगानी

भित्रियो सवा आठ अर्ब वैदेशिक लगानी
अ+ अ-

काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा सवा आठ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुससम्म आठ अर्ब १७ करोड रुपियाँ भित्रिएको हो । गत वर्ष सो अवधिमा छ अर्ब ४८ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको थियो ।

छ महिनामा ४७५ परियोजनामार्फत ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता धेरै आए पनि भित्रिने रकम भने न्यून रहेको तथ्याङ्कले देखाएको छ ।

सरकारले गरेको नीतिगत सुधारसँगै मुलुकमा भित्रिने लगानीमा वृद्धि भएको हो ।  यस्तै छ महिनामा खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर चार अर्ब २९ करोड रहेको थियो । गत भदौ २३, २४ मा भएको जेनजी आन्दोलनका बिचमा पनि गत आवको छ महिनाको तुलनामा दुई अर्ब बढी वैदेशिक लगानी वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै सरकारले विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृत हुने व्यवस्था गरेसँगै थप लगानी बढ्ने अनुमान गरिएको छ । अब नेपालमा आउने सबै प्रकारका वैदेशिक लगानी स्वचालित मार्गबाट स्वीकृत हुने भएको छ । हालै सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने अधिकतम सीमा हटाएसँगै अटोमेटिक रुटबाट जति पनि लगानी स्वीकृत हुने भएको हो ।

यसअघि स्वचालित मार्गबाट ५० करोड रुपियाँ लगानी स्वीकृत गर्ने व्यवस्था थियो । अब भने नेपालमा जति पनि विदेशी लगानी स्वचालित मार्गबाट लगानी स्वीकृत हुने छ । यसले गर्दा लगानीकर्तालाई सहज र छिटो छरितो हुने छ ।

2