Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन विजयी
अ+ अ-

मुस्ताङ- मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ । एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका गौचनले १ हजार ५०४ मतान्तरले जित हासिल गर्नुभएको हो ।

कांग्रेसका गौचनले नेकपा (एमाले) का उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गर्नुभएको हो । विजयी गौचनले ३ हजार ३०७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी विष्टले १ हजार ८०६ मत पाउनुभएको थियो ।

गौचन निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत हुनुहुन्छ । मुस्ताङमा उम्मेदवारी दिएका अन्य सात प्रतिस्पर्धीले मौन अवधिमा गौचनविरुद्ध आर्थिक चलखेलसहित विभिन्न आरोप लगाए पनि पुष्टि हुन नसकेपछि उनीहरू निर्वाचन प्रक्रियामा सहभागी भएका थिए । विजयी गौचन पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ ।

थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिका रहेको यस जिल्लामा कुल ११ हजार ३२८ मतदातामध्ये ६ हजार ३९७ मत खसेको थियो । वि.सं. २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गौचनले ३ हजार ९९२ मत प्राप्त गर्नुभएको थियो ।

2