Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

विकास खर्च कमजोर राजस्वमा सामान्य सुधार

विकास खर्च कमजोर राजस्वमा सामान्य सुधार
अ+ अ-

काठमाडौँ- रोजगारी र पुँजी निर्माणमा महत्वपूर्ण मानिने विकास खर्च अत्यन्त कमजोर रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना (साउन–फागुन) पूरा हुँदा मुलुकले विकास निर्माणका लागि केवल ७८ अर्ब ४८ करोड रुपियाँ खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यो खर्च चालु आवका लागि विनियोजित कुल विकास खर्चको केवल १९.२४ प्रतिशत मात्र हुन आउँछ । चालु आवका लागि सरकारले विकास खर्चका लागि चार खर्ब सात करोड रुपियाँ सुरु विनियोजन गरेको छ ।

यस अवधिमा सरकारले छ खर्ब ४२ अर्ब १४ करोड रुपियाँ चालु खर्च गरेको कार्यालयको तथ्याङ्क छ । चालु आवमा ११ खर्ब ८० अर्ब रुपियाँ चालु खर्चको लक्ष्य राखेको सरकारले फागुनसम्म ५४.३७ प्रतिशत मात्र खर्च गरेको हो । ऋण भुक्तानी लागि गरिने वित्तीय व्यवस्थातर्फ सरकारले दुई खर्ब पाँच करोड रुपियाँ खर्च गरेको छ जुन लक्ष्यको ५४.८९ प्रतिशत हुन आउँछ ।

समीक्षा अवधिसम्म सरकारको कुल खर्च नौ खर्ब नाघेको छ । तिनै किसिमका खर्च शीर्षक गरेर फागुनसम्म नौ खर्ब २६ अर्ब रुपियाँ खर्च भएको कार्यालयले जनाएको छ ।

यो खर्च कुल लक्ष्यको ४७.१८ प्रतिशत हुन आउँछ । चालु आवका लागि सरकारले १९ खर्ब ६४ अर्ब रुपियाँ खर्च गर्ने लक्ष्य राखेको थियो । खर्च कम देखिए पनि अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षामार्फत सुरु विनियोजन बराबरको खर्च नहुने भन्दै लक्ष्य संशोधन गरिसकेको छ ।

फागुनसम्म सरकारको खर्चको तुलनामा आम्दानी भने एक खर्ब ८० अर्ब रुपियाँले कम रहेको छ । कार्यालयका अनुसार फागुन अन्तिमसम्म सरकारले सात खर्ब ४७ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ जुन चालु आवको लक्ष्यको ५०.४९ प्रतिशत हुन आउँछ । चालु आवमा सरकारले १४ खर्ब ८० अर्ब रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

फागुनसम्म सङ्कलित कुल राजस्वमध्ये छ खर्ब ७६ अर्ब ५८ करोड रुपियाँ कर राजस्व र ७० अर्ब ६९ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । गत आवको फागुनसम्मको तुलनामा यस वर्ष राजस्व सङ्कलनमा सामान्य सुधार भएको देखिन्छ । गत आवको सोही अवधिमा सात खर्ब २० अर्ब रुपियाँ राजस्व सङ्कलन भएको थियो । यस हिसाबले एक वर्षको अवधिमा २७ अर्ब रुपियाँले राजस्व सङ्कलन बढेको छ ।

फागुनसम्म सरकारले १३ अर्ब २४ करोड रुपियाँ अनुदान प्राप्त गरेको छ । त्यस्तै चार अर्ब ५७ करोड अन्य प्राप्तिसहित फागुनसम्म सरकारको कुल प्राप्ति सात खर्ब ६५ अर्ब रुपियाँ रहेको कार्यालयको तथ्याङ्क छ ।

2