Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आयात बढ्दा पनि ग्यास अभाव कायमै

आयात बढ्दा पनि ग्यास अभाव कायमै
अ+ अ-

काठमाडौँ- खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघसम्म तीन लाख २१ हजार ८९ मेट्रिक टन ग्यास आयात भएकोमा फागुनमा मात्र तीन लाख ७२ हजार २८१ मेट्रिक टन ग्यास आयात भएको छ । माघको तुलनामा फागुन महिनामा ५१ हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भएको तथ्याङ्कले देखाएको छ । ५१ हजार मेट्रिक टन ग्यासले ३६ लाख ५० हजार ग्यास सिलिन्डर भरिन्छन् । ग्यास आयात बढ्दा पनि बजारमा एउटा सिलिन्डर हुने उपभोक्ताले ग्यास पाउन सकेका छैनन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले अभाव हुने आशङ्कामा घर घरमा ग्यास सञ्चय गर्न थालेपछि ग्यासको माग बढी भएको जानकारी दिनुभयो । ग्यासको आयात बढेकाले अभाव क्रमशः घट्दै गएको उहाँले जानकारी दिनुभयो ।

आधा सिलिन्डर बेच्न थालेपछि ग्यासको आपूर्ति सहज बन्दै गएको उहाँको भनाइ छ । अत्यावश्यक पर्नेले मात्र आधा सिलिन्डर लाने र अन्यले भरी आएपछि मात्र लाने भनेर फर्कने गरेको उहाँको भनाइ छ ।

बजारमा एक करोड ४२ लाख हजार ग्यास सिलिन्डर रहेका र एउटै घरमा धेरै सिलिन्डर भरेकाले पनि ग्यासको माग बढ्दै गएको उहाँको भनाइ छ । उच्च वर्गको परिवारमा एउटै घरमा चारदेखि पाँच वटा वटासम्म सिलिन्डर हुने गर्छन् । ग्यासको अभाव हुन सक्ने आशङ्कामा अधिकांश घरमा आवश्यकताभन्दा बढी सिलिन्डर भरेर राखिएका छन् । त्यसैका कारणले गर्दा पनि ग्यास अभाव कायम रहेको हो ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यासको आयात नियमित भइरहेकाले अभाव कम हुँदै गएको जानकारी दिनुभयो । ग्यास नियमित आयात भइरहेकाले अनावश्यक ग्यास सञ्चय नगर्न उपभोक्तालाई उहाँले आग्रह गर्नुभयो । निगमका अनुसार अनुसार सामान्य अवस्थामा बजारमा मासिक ४५ हजारदेखि ४९ हजार मेट्रिक टन ग्यासको माग रहेको छ । पश्चिम एसियाली मुलुकमा भएको युद्धको प्रभावले ग्यास अभाव हुने आशङ्कामा बजारमा ग्यासको माग ह्वात्तै बढेको हो । बजारमा ग्यासको आपूर्ति सहज बनाउन निगमले २८ फागुनदेखि आधा सिलिन्डर ग्यास बेचिरहेको छ । ग्यासको आयात बढे पनि साना होटेल रेस्टुरेन्ट र होस्टेलमा ग्यास अभाव कायम रहेको छ ।

पछिल्लो समय भारतमा ग्यासको मूल्य बढेको छ । एक साताअघि इन्डियन आयल कर्पाेरेसन (आइओसी) ले पठाएको मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर २१६ रुपियाँ मूल्य बढेर आएको छ । निगमले मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्यवृद्धि नगरेको जनाएको छ । बजारमा ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रुपियाँ छ ।

2