Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बागलुङको मालिका मन्दिरको पुनर्निर्माण गरिँदै

बागलुङको मालिका मन्दिरको पुनर्निर्माण गरिँदै
अ+ अ-

नवराज नेपाली, बागलुङ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिर पुनर्निर्माण गरेको छ । अहिले मन्दिरको पुनर्निर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ । एउटै ठूलो चट्टानलाई काटेर निकालिएको ढुङ्गा कुँदेर बागलुङको प्रसिद्ध मालिका भगवती मन्दिर पुनर्निर्माण गरिएको छ ।

जीर्ण अवस्थामा रहेको पुरानो मन्दिरलाई कलात्मक ढङ्गले ढुङ्गा र काठको मात्रै प्रयोग गरेर मन्दिर पुनर्निर्माण गरिएको हो । तीन तलाको प्यागोडा शैलीमा निर्माणको अन्तिम चरणमा रहेको मन्दिरमा प्रयोग भएका सबै कच्चा पदार्थ एउटै ढुङ्गा काटेर कुदिएको हो ।

जिल्लाको बागलुङ नगरपालिका–५ मालिका स्थित प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिरलाई एउटै चट्टान काटेर निकालिएको ढुङ्गालाई कुँदेर मन्दिर पुनर्निर्माण गरिएको छ । मालिका भगवती मन्दिरको नामबाट उक्त गाविसको नाम समेत मालिका राखिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु। ५४ लाख वजेटबाट मालिका भगवती मन्दिर पुननिर्माण थालिएको र अहिले मन्दिरको पुननिर्माण अन्तिम तरणमा पुगेको मालिका भगवती मन्दिर व्यवस्थापन समितिको महासचिव खिम सापकोटाले जानकारी दिनुभयो । उहाँले मन्दिरसँगै अन्य थप संरचनाहरु गणेश मन्दिर, शत्तल, घण्टी, प्रवेशद्वार र तारबार गरी एक करोडको संरचना तयार भइरहेको सापकोटाले जानकारी दिनुभयो ।

अन्य पूर्वाधार मालिका मन्दिर दर्शनका लागि आउनुभएको भक्तजन तथा मालिका मन्दिरसँग आस्था जोडिएर देश विदेशमा रहनुभएकाबाट एक हजार देखि चार लाखसम्म सहयोग प्राप्त भइरहेको सापकाेटाले जानकारी दिनुभयो । उहाँले मन्दिरमा उठेको सहयोगले कुँबेरधाम मन्दिरको मुर्तिसमेत तयार गरिएको बताउनुभयो ।

“मन्दिर पुनर्निर्माण थालेपछि सहयोग समेत उठ्यो, ५४ लाखमा पुनर्निर्माण थालिएको मन्दिर र अन्यय मन्दिरसँग जोडिएका संरचना सहित एक करोडको पूर्वाधार निर्माण अन्तिम चरणमा छ, परापूर्व कालदेखि मालिकाको थानलाई पूजा गरिन्थ्यो, त्यही थानमा निर्माण गरिएको मन्दिर जीर्ण बनेपछि पर्यटन मन्त्रालयको बजेटले पुनर्निर्माण थालिएको थियो,” सापकोटाले भन्नुभयो “दिव्य शिलालाई घेरेर ढुङ्गा र काठमात्रै प्रयोग गरेर कलात्मक रूपमा मन्दिर पुननिर्माण गरिएको छ, मन्दिरको अन्य संरचना निर्माणका लागि समेत सहयोग जुट्ने क्रम जारी छ ।”

दिव्य शिला भएको स्थानलाई घेरेर तीन तलाको प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको छ । एउटै शिलाको ढुङ्गालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट कालिगढ ल्याएर मन्दिर निर्माण गर्ने कार्य चलिरहेको छ ।

कालिगढबाट ढुङ्गा कुँदिएको, कलात्मक टुडाल र तामाले छाएको मन्दिर निर्माणले साच्चिकै मौलिकता झल्कने देखिएको छ । मल्लकालिन थानलाई मालिका भगवतीको रुपमा लिइएको किम्वदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रूपमा पूजाआजा गर्दै आएको उपभोक्ता समितिका अध्यक्ष मेघराज पाण्डेले जानकारी दिनुभयो ।

मल्लकालिन थान रहेको स्थानमा मालिका कालिकाको बहिनीको स्वरूपमा रहेको छ भने पुरातात्विक क्षेत्र समेत भएकाले मालिका भगवतीलाई यस क्षेत्रमा महत्त्वका रूपमा हेरिन्छ । कालिका र मालिका दुई बहिनी भएको र कालीगण्डकीको जल कालिकामा चढाएर बाँकी रहेको जल मालिकामा चढाउने प्रचलन समेत रहेको पाण्डेले बताउनुभयो ।

2