Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेप्सेमा १७.४४ अंकको वृद्धि, दुई अर्बले बढ्यो कारोबार रकम

नेप्सेमा १७.४४ अंकको वृद्धि, दुई अर्बले बढ्यो कारोबार रकम
अ+ अ-

काठमाडौं – धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १७.४४ अंकले बढेको छ । नेप्से परिसूचक ०.६५ प्रतिशतले बढेर २,६९३.०६ विन्दुमा बन्द भएको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज कारोबार रकम दुई अर्ब पाँच करोड रुपैयाँले बढेको छ । यसदिन, आठ अर्ब ५८ करोड ६० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार ६ अर्ब ५२ करोड ७८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज १४८ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ९७ कम्पनीको सेयर मूल्य घटेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर मूल्य स्थिर छ ।

आज ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक घटेको छ ।

वाणिज्य बैंक र विकास बैंक समूहको परिसूचक सर्वाधिक बढेको छ । वाणिज्य बैंक समूहको परिसूचक १.८८ प्रतिशतले बढेको छ । विकास बैंक समूहको परिसूचक १.२९ प्रतिशत बढेको छ ।

2