Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

व्यवसायी शंकर अग्रवाल पक्राउ

व्यवसायी शंकर अग्रवाल पक्राउ
A A+ A-

काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–४ स्थायी ठेगाना भएका अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–३० डिल्लीबजारबाट पक्राउ गरेको जनाएको छ।

सीआईबीका प्रवक्ता एवम् एसएसपी अनुप शमशेर जबराले उनलाई बैंकिङ कसुरसम्बन्धी उच्च अदालत पाटनमा विचाराधीन मुद्दामा पक्राउ गरिएको खबरहबलाई बताए ।

नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा दर्ता भएको दीपक भट्टसमेत जोडिएको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा फरार रहेका अग्रवाललाई पक्राउ गरिएको हो। पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।

उनलाई बुधबार नै उच्च अदालत पाटनमा पेश गर्न लगिएको छ। यसअघि उनलाई सीआईबीले नै गत चैत २० गते सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो ।

उनीविरुद्ध त्यसबेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान गरिएको थियो । पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको थियो । तर उनी चैत २२ गते रिहा भएका थिए ।

2