Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

टीभीएस अर्बिटर विद्युतीय स्कुटर सार्वजनिक, मूल्य दुई लाख ८२ हजार

टीभीएस अर्बिटर विद्युतीय स्कुटर सार्वजनिक, मूल्य दुई लाख ८२ हजार
A A+ A-

काठमाडौं – टीभीएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर टीभीएस अर्बिटर सार्वजनिक गरेको छ । दैनिक सहरी यात्रालाई लक्षित गर्दै ल्याइएको यो स्कुटर १५८ किलोमिटरसम्मको आईडीसी रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, ३४ लिटर बुट स्पेस तथा कनेक्टेड स्मार्ट फिचरसहित बजारमा आएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, टीभीएस अर्बिटरमा ३.१ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ । उद्योगमै पहिलोपटक १४ इन्चको अगाडिको पांग्रा प्रयोग गरिएकाले स्कुटरले राम्रो स्थिरता, सहज नियन्त्रण तथा आरामदायी यात्राको अनुभव दिने दाबी गरिएको छ । यसमा आधुनिक एरोडाइनामिक डिजाइन, ८४५ मिलिमिटर लामो सिट, २९० मिलिमिटर स्ट्रेट–लाइन फुटबोर्ड र दुईवटा हेल्मेट अट्ने अन्डर–सिट स्टोरेज उपलब्ध छ ।

स्कुटरमा मोबाइल एपमार्फत कनेक्टिभिटी, एलईडी हेडलाइट, कलर एलसीडी डिस्प्ले, यूएसबी चार्जिङ पोर्ट, टर्न–बाइ–टर्न नेभिगेसन, ओटीए अपडेट, क्रुज कन्ट्रोल, पार्किङ असिस्ट तथा हिल होल्ड असिस्टजस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । साथै, दुर्घटना सूचना, जियोफेन्सिङ, चोरी तथा टोइङ अलर्ट, लाइभ लोकेसन ट्र्याकिङलगायतका सुरक्षा प्रणाली पनि उपलब्ध छन् ।

टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेइमन कार्गरले नेपालमा अर्बिटरको सार्वजनिकसँगै दिगो तथा स्मार्ट विद्युतीय यातायात विस्तार गर्ने कम्पनीको प्रतिबद्धता थप बलियो भएको बताए । उनले स्वच्छ यातायाततर्फ विश्वव्यापी रूपान्तरण भइरहेका बेला ग्राहकको आवश्यकता अनुसार नवीन विद्युतीय समाधान उपलब्ध गराउने रणनीतिलाई कम्पनीले निरन्तरता दिने उल्लेख गरे ।

त्यसैगरी, अन्तर्राष्ट्रिय व्यवसाय उपाध्यक्ष मधुप्रकाश सिंहले अर्बिटरलाई नेपाली सडक र भौगोलिक अवस्थाअनुसार परीक्षण गरी विकास गरिएको बताए । यसले सहरी यात्राका लागि प्रविधि, आराम, कार्यसम्पादन र विश्वसनीयताको सन्तुलित संयोजन प्रदान गर्ने दाबी गरे ।

नेपालका लागि टीभीएस ब्रान्डको आधिकारिक वितरक शंकर ग्रुपअन्तर्गत जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले टीभीएस आईक्युबको सफलतापछि अर्बिटरले पनि नेपालको विद्युतीय दुईपांग्रे बजारमा कम्पनीको उपस्थिति थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

टीभीएस अर्बिटर नियोन सनबस्र्ट, कोस्मिक टाइटानियम र मार्सियन कपर गरी तीन रंगमा उपलब्ध हुनेछ । यसको परिचयात्मक मूल्य दुई लाख ८१ हजार ९ सय तोकिएको कम्पनीले जनाएको छ ।

2