Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन

कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
अ+ अ-

इनरुवा- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो ।

चार सय नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित गाडीमा कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

यस्तै, शान्ति सुरक्षाको विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय बैठक सुरु भएको उहाँले बताउनुभयाे ।

कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज-३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने गोली लागेर नौ जना घाइते भएका छन् ।

2