Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

राजस्व सङ्कलनको लक्ष्यलाई ‘मिसन मोड’ मा अघि बढाउन अर्थमन्त्री वाग्लेको निर्देशन

अ+ अ-

काठमाडौँ-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व सङ्कलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

यस वर्षको राजस्व सङ्कलनका लागि लक्ष्य, अवधि र उद्देश्य स्पष्ट रहेको भन्दै उहाँले भन्सार र राजस्व प्रशासनका अधिकारीलाई अर्जुनदृष्टि लगाएर काम गर्न निर्देशन दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

नयाँ आर्थिक वर्षको राजस्व सङ्कलन लक्ष्यलाई मिसन मोडमा अघि बढाउन पनि उहाँले निर्देशन दिनुभयो । “नेपालमा कर सङ्कलनको विगतको तथ्याङ्क हेर्दा राजस्व सङ्कलनको बिग्रिएको लय र चुहावटको गुनासो अत्यधिक पाइएको छ । अब यो सह्य हुँदैन । राजस्व सङ्कलनको लक्ष्य, डेटलाइन र उद्देश्यमा यहाँहरू स्पष्ट हुनुहुन्छ,” अर्थमन्त्री डा. वाग्ले भन्नुभयो, “अर्जुनदृष्टि लगाएर अघि बढ्नुहोस् । करदातालाई कर लगाएर होइन, उत्साहित गरेर कर सङ्कलन गर्नुहोस् ।”

कर उठाउने लक्ष्य वैज्ञानिक बनाउनुपर्नेमा जोड दिँदै उहाँले कर सङ्कलनको जिम्मेवारीमा रहेका कर प्रशासकले अनुकूल वातावरणबाट बाहिर निस्किएर यथार्थमा जोड दिनुपर्ने उहाँको भनाइ छ । “कर प्रशासकहरू कम्फरटेबल जोनबाट बाहिर निस्कनुहोस्, वैज्ञानिक र यथार्थतामा जोड दिनुहोस्,” अर्थमन्त्री वाग्लेले भन्नुभयो, “राज्य बनाउन कर चाहिन्छ, कर उठाउन तपाईंहरूको साथ । इमान र मेहनत गरे प्रोत्साहन मिल्छ, गलत गरे दण्ड ।” भन्सार, राजस्व र आन्तरिक करतर्फका कर प्रशासकलाई सरकारको राजस्व लक्ष्यप्राप्तिका लागि आवश्यक सबैखाले स्रोतसाधन उपलब्ध गराउन राज्य तयार रहेको मन्त्री वाग्लेले बताउनुभयो ।

नागरिकलाई करको दायरामा ल्याउन सार्वजनिक जनचेतना अभिवृद्धि गर्न, सरकारले घोषणा गरेको छुट योजनालाई कार्यान्वयन गर्न तथा करदाता प्रोत्साहनको उपहार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

सो क्रममा उहाँले राजस्व छली रोक्न प्राविधिक उपकरण प्रयोगमा जोड दिन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिनुभयो । उहाँले भन्सार विभागलाई तीन महिनाभित्रै देशका प्रमुख १४ भन्सार कार्यालयमा सवारीसाधन स्क्यानर मेसिन जडान गर्न पनि निर्देशन दिनुभयो । “भन्सार विभागका महानिर्देशकज्यू, १४ प्रमुख नाकामा सवारीसाधन स्क्यानर जडान गर्न अगाडि बढिहाल्नुहोस् । केकस्तो सहयोग चाहिने हो, मन्त्रालयबाट भन्नुहोस्,” अर्थमन्त्रीले भन्नुभयो । उहाँले यसअघि सञ्चालनमा आएर बिग्रिएका स्क्यानर मेसिन पनि मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन कार्यालयलाई निर्देशन दिनुभयो । भन्सार र करको चुहावट भइरहेका क्षेत्रको सूक्ष्म अनुगमन गर्न र व्यवसायीलाई तर्साएर होइन, प्रणाली सिकाएर करको दायरामा ल्याउन पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै अर्थसचिव डा. घनश्याम उपाध्यायले कर र राजस्वका विविध क्षेत्रको ह्रासका कारण पहिल्याउन मातहतका अधिकृतलाई निर्देशन दिनुभयो । बाहिर देखिएको आर्थिक गतिविधि र कर तथा राजस्वको तथ्याङ्कमा केही बेमेल रहेको भन्दै उहाँले कमजोरी के कहाँ रह्यो हेर्न र सच्याउन भन्नुभयो ।

कार्यक्रममा मन्त्रालयका राजस्व महाशाखा प्रमुख एवं सहसचिव उत्तरकुमार खत्रीले राजस्व सङ्कलनको विगत, वर्तमान स्थिति र आगामी आवको लक्ष्यप्राप्तिको चुनौतीबारे प्रस्तुतीकरण दिनुभएको थियो । कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक यमलाल भुसालले गत वर्ष भन्सार विभागले पाएको राजस्व लक्ष्यप्राप्तिको अवस्था तथा आगामी वर्षको लक्ष्यप्राप्तिको योजना प्रस्तुत गर्नुभएको थियो ।आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले सरकारले घोषणा गरेको राजस्व छुट योजना र कर प्रोत्साहन कार्यक्रम सञ्चालनका लागि विभाग लागिपरेको बताउनुभयो ।