Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

नारायणी अस्पतालका ६८ चिकित्सकद्वारा सामूहिक राजीनामा

नारायणी अस्पतालका ६८ चिकित्सकद्वारा सामूहिक राजीनामा
A A+ A-

काठमाडौँ – वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामा दिएका छन् ।

अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा.उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ६८ चिकित्सकले मेडिकल सुपरिन्टेन्डेन्ट डा.चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा बुझाएका हुन ।

गत साउन ८ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण र अस्पतालमा तोडफोड भएको थियो।

घाइते डा.रामको हाल राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँमा उपचार भइरहेको छ। उक्त घटनापछि चिकित्सकले आकस्मिकबाहेकका सेवा बन्द गरी आन्दोलन गर्दै आएका छन्।

डा.सिंहका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि सकारात्मक भएका थिए।

चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि अस्पतालका चिकित्सकहरू जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका लागि पुगेका थिए। तर, वार्ताका क्रममा वातावरण तनावपूर्ण बनेको उहाँले बताउनुभयो।

उहाँका अनुसार नेपाल चिकित्सक सङ्घका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने धारणा राखेपछि प्रमुख जिल्ला अधिकारी आक्रोशित हुनुभएको थियो।

डा.सिंहले भन्नुभयो, “त्यसपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले चिकित्सकप्रति अपशब्द प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिनुभयो। वार्ताबाट बाहिर निस्किने क्रममा प्रहरी परिचालन गरी चिकित्सकहरूलाई घेरा हालेर कार्यालयभित्र लगियो र करिब एक घण्टा नियन्त्रणमा राखियो। हामीलाई अपराधीसरह व्यवहार गरियो। त्यसपछि यस्तो वातावरणमा काम गर्न नसकिने निष्कर्षमा पुगेका हौँ।”

उहाँका अनुसार प्रशासनको उक्त व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्। नारायणी अस्पतालमा भएको घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले मङ्गलबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ।

2